स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठ अभिनित फिल्म 'कोहिनूर' यहि डिसेम्बर ७ तारिखका दिन अष्ट्रेलियाको सिड्नीमा प्रदर्शन गरिंदै छ । नेपाली टच र एञ्जल मुभिजले फिल्म रिलिजको आयोजना गर्न लागेको हो ।
.jpg)
यस्तै आउँदो फेब्रुअरीको ८ तारिखदेखि २२ तारिखसम्म मलेसियाको क्वालालम्पुर र जोहोर बारूमा 'कोहिनूर' देखाईंदै छ । एनएमसी युनिभर्सल र नेपाल ट्रेडिङले फिल्म प्रदर्शनको जिम्मा लिएका हुन् ।
नेपालमा ब्लकबस्टर भएको 'कोहिनूर'ले बिदेशी मार्केटमा समेत राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । आकाश अधिकारी निर्देशित यो फिल्ममा श्रीकृष्णको साथमा श्वेता खड्का मुख्य भूमिका छ ।

