मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`वडा नम्बर छ'को छायांकन सुरु

फिल्मीखबर, काठमाण्डौ, 2014/11/25

हाँस्य कलाकारत्रय दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले मिलेर निर्माण गर्न लागेको दोश्रो फिल्म ‘वडा नम्बर छ’को छायांकन सुरु भएको छ । आज काठमाण्डौको चापागाई स्टूडियोबाट फिल्मको छायांकन सुरु गरिएको हो ।


उज्ज्वल घिमिरेले निर्देशन गर्न लागेको यो फिल्मका लागि दीपकराज गिरी, प्रियंका कार्की, दयाहाङ राई र अरुणा कार्कीले पहिलो सट दिए । फिल्मको पहिलो सुटिङ धुलिखेलबाट गर्ने योजनामा रहेको युनिट सार्क सम्मेलनका कारण चापागाई स्टूडियोबाट शुरू गर्न वाध्य भएको हो ।

केहि सातापछि मात्र काठमाण्डौ बाहिर छायांकनमा जाने निर्माता मध्येका एक निर्मल शर्माले जानकारी दिएका छन् । यो फिल्ममा सिताराम कट्टेल, केदार घिमिरे, जितु नेपाल पनि मुख्य भूमिकामा देखिनेछन् । फिल्ममा किशोर खतिवडा, विल्सन विक्रम राई, शिवहरी पौडेल विशेष भूमिकामा देखिनेछन् ।

४० दिन भित्र छायांकन सक्ने योजना निर्माणपक्षले लिएको छ । अभिमन्यू निरवीले लेखेको यो फिल्म ‘छ एकान छ’ को जस्तै कमेडी स्वादमा हुनेछ । 'छ एकान छ'मा शहरिया परिवेशको कमेडी थियो, यसमा गाउँले परिवेशको कमेडी हुनेछ', निर्माता दीपाश्रीले जानकारी गराईन् । 'छ एकान छ'ले जस्तै यो फिल्मले व्यवसायिक सफलता हात पार्ला ?