Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

अनमोल र आना साथी मात्र !

फिल्मीखबर, काठमाण्डौ, 2014/11/24
गत कार्तिक २८ गतेबाट प्रदर्शनमा आएको फिल्म 'जेरी'ले अहिलेपनि दर्शकको मन जितिरहेको छ । अनमोल केसी स्टारर यो फिल्मले व्यवसायिक रूपमा सफलता पाईसकेको छ । 
 
 
युवापुस्तामाझ लोकप्रिय बनेको यो फिल्मका मुख्य पात्र अनमोल केसी र आना शर्माको जोडी पनि उत्तिकै लोकप्रिय बनेको छ । पर्दाका फ्रेस यि जोडीले दर्शकको मन जितिरहेका छन् । अनमोलले दर्शकको मात्र हैन आनाको पनि मन जितेका छन् ।
 
'जेरी'बाट डेब्यू गरेकी आना अनमोलको पर्सनालिटीबाट निकै प्रभावित छिन् । अनमोलको पर्सनालिटीबाट नै आफू आकर्षित भएको आनाको भनाई छ । आनाको भनाईलाई लिएर कान्तिपुर दैनिक लेख्छ- 'उसमा मान्छेलाई आदर, सम्मान गर्ने गुण छ ।' फिल्मको सुटिङका दौरानमा नै अनमोल र आना नजिकका साथी बनेका हुन् ।
 
साथी मात्र कि प्रेम पनि छ ? अनमोलले आफूहरू विच प्रेम नरहेको बताउँछन् । बजारमा सुनिएका हल्लाहरूलाई अनमोलले ठाडै अस्विकार गरे । आफूहरू साथी मात्र रहेको अनमोल र आनाको भनाई छ ।
Most Visited News (monthly)