मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

विकास वोर्डको सदस्यमा सुरेश दर्पण नियुक्त

फिल्मीखबर, काठमाण्डौ, 2014/11/23
महिनौंदेखि रिक्त रहेको चलचित्र विकास बोर्डको सदस्य पदमा फिल्मकर्मी सुरेश दर्पण पोखरेल नियुक्त भएका छन् । नेपाल सरकारको मन्त्रिस्तरको आज ७ गते बसेको बैठकको निर्णय अनुसार सुरेशलाई चलचित्र निर्माण, प्रदर्शन तथा वितरण नियमावली २०५७ को नियम २१ (१) (च) बमोजिम बोर्डको सदस्य पदमा नियुक्त गरिएको हो । 
 
२ बर्षको कार्यकालका लागि बोर्डको सदस्य पदमा नियुक्त भएका सुरेशले नेपाली फिल्मको विकास विस्तारमा आफ्नो भूमिका महत्वपूर्ण हुने बताए । नेपाली फिल्म क्षेत्रमा देखिएका नीतिगत समस्याहरूलाई सुल्झाउँदै फिल्म क्षेत्रको श्रीबृद्धिमा कृयाशिल भएर लाग्ने दर्पणले बताए । नेपाल चलचित्र निर्माता संघको प्रवक्ता समेत रहेका सुरेश केहि दिन अगाडीसम्म चलचित्र जाँच समितिको सदस्य पदमा थिए ।
 
यस्तै, आजकै मन्त्रिस्तरको बैठकले अभिनेत्री मेलिना मानन्धरलाई पुन: चलचित्र जाँच समितिको सदस्य पदमा नियुक्त गरेको छ । सुरेश र मेलिना यसअघि सेन्सर बोर्डमा कै सदस्य पदमा थिए । 
 
धर्मेन्द्र मोरवैता अध्यक्ष रहेको विकास वोर्डमा रूपा राना र राजेन्द्र केसी सदस्य पदमा छन् । तीन सदस्य हुनुपर्नेमा एक सदस्य लामो समयदेखि रिक्त थियो ।  अध्यक्ष मोरवैताको कार्यकाल यहि माघ महिनामा सकिंदै छ ।