फिल्म क्षेत्रका २ चर्चित हस्ती निर्माता छविराज ओझा र अभिनेत्री रेखा थापाको सम्बन्ध अहिले व्यवसायिक मात्र छ । १० बर्ष लामो जीवनको कालखण्ड एकसाथ बिताएको यो जोडी अलग भएसँगै विभिन्न चर्चा चल्यो । तर, रेखा र छविले आफूहरुको वैवाहिक जीवन सकिएपनि व्यवसायिक सम्बन्ध रहेको खुलाए ।

तर, भनेजस्तो भएन । निर्माता ओझाले पहिलो पटक सबै फिल्मकर्मीसँग जीवनको खुशीयाली साट्दै गर्दा रेखाले त्यो पललाई महत्व दिइनन् । छविले आफ्नो ५० औं जन्मदिन मनाउने कार्यक्रममा आफूले फिल्म क्षेत्रमा डेब्यू गराएका सबै कलाकारको साथ खोजे । एकातिर जन्मदिनको खुशियाली त छँदै थियो अर्कोतिर छविले आफू फिल्म नगरीमा लागेको २५ औं बर्ष पुरा गरेको खुशी पनि साट्न चाहे ।
छबिको जन्मदिनमा उनलाई साथ दिन देशका चर्चित कलाकारहरु देखिएनन् । 'यूगदेखि यूगसम्म'बाट फिल्म क्षेत्रमा डेब्यू गरेका राजेश हमालदेखि 'हिरो'बाट डेब्यू गरेकी अभिनेत्री रेखा थापा कार्यक्रममा आएनन् । राजेश काठमाण्डौ बाहिर भएकाले आएनन् । तर, रेखा नआउनुको कारण फिल्म क्षेत्रले खोज्यो ।
छविको यो पलमा रेखा आउनुपथ्र्यो भन्ने फिल्मीकर्मीको तर्क छ । रेखाले भने छविको यो महत्वपूर्ण क्षणलाई महत्व दिइनन् । रेखाले छविलाई जन्मदिनको शुभकामना दिंदै मोबाईलमा सन्देश त पठाईन् तर आफ्नो भौतिक उपस्थिती जनाउन आवश्यक ठानिन् ।
छविकै कारण रेखा आज फिल्म नगरीमा हिड्न सकेकी छिन् । छविकै साथमा रेखाले थुप्रै सफलता देखेकी छिन् । रेखाको अनुपस्थितीले 'खोला पनि तर्यो लौरो पनि विर्सियो' भनेजस्तै भयो छविको जीवनमा ।
छबिको जन्मदिनमा अर्की अभिनेत्री अरुणिमा लम्साल पनि देखिइनन् । उनलाई छविले नै ‘यस्तै रहेछ जीन्दगी’बाट नेपाली रजतपटमा ल्याएका थिए । छबिले नै भित्र्याएका अभिनेता आर्यन सिग्देल भने घुँडाको अप्रेशनका कारण आउन पाएनन् ।

