मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 2.29/5.00)
Text size:-
+
-

२ वटा फिल्मबाटै `स्टार` अनमोल !

फिल्मीखबर, काठमाण्डौ, 2014/11/19

सफलता टाउको ठोकेर पाइने चिज होइन । सफलता पाउन मिहिनेत, संघर्षसँगै भाग्य पनि आवश्यक छ । नेपाली फिल्म क्षेत्रमा दर्जन फिल्म खेलेर पनि नचिनिएका थुप्रै अनुहार छन् । तर केही यस्ता कलाकार पनि छन् जो थोरै फिल्म गर्दा स्टार भैसक्छन् ।


यतिबेला अभिनेता अनमोल केसीलाई फिल्म क्षेत्रको नयाँ स्टारको रुपमा हेर्न थालिएको छ । फिल्म 'होस्टेल' र 'जेरी' सफल भएसँगै अनमोल अबको स्टार भन्नेहरुको संख्या थपिएको छ ।

अनमोलले अभिनय गरेको 'जेरी' यतिबेला हलमा लागिरहेको छ । फिल्म हेरेर उनको फ्यान संख्या एकाएक बढेको छ । केहि दिनअघि त उनलाई भेट्न यूवती फ्यानहरु घरको गेटमै पुगेको समाचार बाहिर आएको थियो ।

अनमोलको लुक्स र अभिनयले यतिबेला धेरैलाई आकर्षण गरेको छ । नेपाली फिल्म क्षेत्रमा खड्किएको स्टारको अभाव अनमोलले पूर्ती गर्ने आश पनि गर्न थालिएको छ ।

अभिनेता भुवन केसीले कमाएको र जमाएको नामलाई धान्नु मात्र होइन, आफूलाई समेत स्थापित गर्नु अनमोलका चुनौती हुन् । २ वटा फिल्मले नै पाएको सफलताले अनमोलको त्यो छनक देखिन्छ । यो स्टारडमलाई कायम राख्नका लागि पनि उनलाई ठूलै चुनौती भने देखिन्छ ।