मिति : २०८१ वैशाख ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

कसलाई कसले च्याप्दै ?

फिल्मीखबर, काठमाण्डौ, 2014/11/18
नेपाली फिल्म क्षेत्रमा प्रवेश गर्नेहरुको करिअर कि त कलाकारिताले कि त कसैको साथले अगाडि बढेको देखिन्छ । लामो समयदेखि चल्दै आएको यो चलन अझै पनि कायमै छ ।
 
कुनै बेला निर्देशक शोभित बस्नेतले अभिनेत्री रेजिना उप्रेतीको करिअरलाई अगाडि बढाउन महत्वपुर्ण भूमिका खेले । शोभितका सबैजसो फिल्ममा रेजिना देखिइन्, जब कि अन्य ब्यानरका फिल्ममा उनको उपस्थिती कमजोर देखियो ।
 
अभिनेत्री अरुणिमा लम्साल निर्देशक नरेश पौडेलको निकट देखिइन् भने अर्की अभिनेत्री यूना उप्रेती निर्देशक दीपक श्रेष्ठ निकट भइन् । अभिनेत्री रेखा थापालाई निर्माता छविराज ओझाले १२ बर्ष साथ दिए । १२ बर्षसम्म छविको साथले रेखा देशकै नम्बर १ अभिनेत्री बनिन् । उसो त आज यो जोडी अलग छ । 
 
रेखासँग अलग भएपछि निर्माता छविराज ओझा मोडलबाट अभिनेत्री बन्ने क्रममा रहेकी शिल्पा पोख्रेललाई च्यापिरहेका छन् । शिल्पाका लागि छविले २ फिल्ममा लगानी गरिसके भने एउटा फिल्म बनाउने क्रममा पनि छन् । छविको निर्माणमा शिल्पाले डेब्यू गरेको फिल्म ‘लज्जा’ सफल पनि भयोे ।
 
निर्देशकबाट अभिनेता बनेका सुदर्शन थापा पूजा शर्मालाई च्यापिरहेका छन् । पूजालाई उनले 'मधुमास', 'अझै पनि'मा अभिनय गराइसकेका छन् । मुख्य अभिनेत्री भएर पूजाले काम गरेको 'मधुमास' नचलेपनि यो जोडी चलिरहेको छ । अहिले यो जोडी 'चंखे शंखे पंखे'मा देखिदैछ । लगातार ३ फिल्ममा सुदर्शनले पूजालाई साथ दिएका छन् । उसो त सुदर्शन र पूजा प्रेमी प्रेमिका पनि हुन् ।
 
'होस्टेल' डेब्यू निर्देशक हेमराज बीसी र अभिनेता अनमोल केसीको जोडी पनि गजबैले अगाडि बढेको छ । यो जोडीले 'होस्टेल'पछि 'जेरी'मा एकसाथ काम गरे, जुन अहिले बक्स अफिसमा कमालको व्यापार गर्दै अगाडि बढिरहेको छ । अनमोल हेमराजसँगै नयाँ फिल्ममा काम गर्ने तयारीमा पनि छन् ।
 
निर्देशक बिकास आचार्यले अभिनेता जीवन लुईटेलसँग लगातार पाँच फिल्ममा काम गरे । 'नाईं नभन्नु ल ३'मा आएर भने जीवन अलग भएका छन् । जीवनको सट्टामा बिकासले आर्यन सिग्देललाई आफ्नो क्याम्पमा भित्राएका छन् ।  
 
'सरी ल'का निर्देशक ऋषि लामिछानेले नव अभिनेत्री अनिता आचार्यलाई प्रचारमा अगाडि ल्याए । उनी अनिताको प्रशंसा गरेर आज पनि  थाक्दैनन् । फिल्म असफल भएपनि अनितालाई लिएर ऋषि नयाँ फिल्म बनाउने तयारीमा लागेका छन् ।
 
यता निर्माता मोहनकृष्ण श्रेष्ठ मोडल तथा अभिनेत्री सुस्मिता शाहीलाई च्यापिरहेका छन् । अन्य ब्यानरमा नदेखिएकी सुस्मिता मोहनको फिल्ममा भने मुख्य अभिनेत्रीको रुपमा देखिन्छिन् । उसो त सुस्मिता फिल्म नगरीमा स्थापित हुन संघर्ष गरिरहेकी छिन् ।