मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुदर्शन र पूजाको बिहेमा रत्यौली नाच (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2014/11/18
स्वर्गिय आलोक नेम्वाङ निर्देशित फिल्म 'अझै पनि'को रत्यौली गीत सार्वजनिक गरिएको छ । मंसिर महिना बिहेको मौसम भएकाले सोही कुरालाई मध्यनजर गर्दै 'चमक चमक' बोलको रत्यौली गीत सार्वजनिक गरिएको हो । 
 
 
राजनराज सिवाकोटीको शब्द तथा संगीतमा मनिषा पोखरेल र रीता बुढाथोकीले गाएको प्रस्तुत गीतमा अभिनेता सुदर्शन थापा र पूजा शर्मा बेहुला र बेहुली बनेका छन् भने सुरक्षा पन्त, प्रमिला खनाल, बिपना धिमाल, मिथिला शर्मालगायत रत्यौली गीतमा नाचेका छन् ।
 
पूनम गौतम र सुदर्शन थापाले निर्माण गरेको यो फिल्म फागुन १५ गते रिलिज हुँदैछ । रामशरण पाठकको लेखन रहेको यो फिल्म पारिवारिक प्रेमकथामा आधारित छ ।