मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आर्यनको `नाइके`लाई `पिजी`

फिल्मीखबर, काठमाण्डौ, 2014/11/18
अभिनेता आर्यन सिग्देल अभिनित फिल्म 'नाइके'लाई चलचित्र जाँचपास समितीले 'पिजी' सर्टिफिकेट दिएको छ । मंगलबार बिहान सेन्सर बोर्डका सदस्यहरूले फिल्मा हेरेपश्चात १६ बर्षभन्दा मुनिका दर्शकलाई अभिभावकको साथ चाहिनेगरी 'पिजी' सर्टिफिकेट दिएको हो । 
 
 
मंसिर १९ बाट प्रदर्शनमा आउन लागेको यो फिल्ममा आर्यन एक्सन अभिनेता बनेर आउँदैछन् । फिल्ममा आर्यनले गरेको द्धन्दका दृश्यहरुलाई आधार मानेर 'पिजी' सर्टिफिकेट दिएको निर्देशक नेत्र गुरूङले जानकारी गराए । आर्यन यसअघि लभरव्वायको भूमिकामा देखिईरहेकाले दर्शकहरूले 'नाइके'लाई रूचाउने अपेक्षा गरिएको छ । 
 
फिल्ममा आर्यनका साथमा सुर्बिना कार्की, रेम बिक, बोधराज रेग्मी लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्म ‘नाइके’ लाई विष्णु हमाल, जगदिश खनाल, नारायण खनाल, संगीता पराजुली, आनन्द क्षत्रीले निर्माण गरेका हुन् ।