तिहारको अवसर पारेर विश्वभर प्रदर्शनमा आएको बलिउड बादशाह शाहरूख खानको फिल्म 'ह्याप्पी न्यू इयर'ले समिक्षबाट गतिलो प्रतिक्रिया पाएन । अमिताभ बच्चनकी पत्नी जया बच्चनले त यो फिल्मलाई वकवास नै भनिदिइन् । यहि झुर फिल्मको स्क्रिप्ट ओस्कारमा पुगेको छ ।

निर्देशक फराह खानका अनुसार यो फिल्मको स्क्रिप्ट ओस्कारको लाइब्रेरीमा राखिने भएको छ । फराहाले ट्विटरबाट यो कुराको जानकारी दिएकी हुन् । उनले यो सफलताका लागि फिल्मका सबै यूनिटलाई वधाई पनि दिएकी छिन्, बिशेषगरी स्क्रिप्ट राईटरहरूलाई ।
शाहरूखले अभिनय गरेका 'चक दे इन्डिया' र 'देवदास' यसअघि ओस्कारको लाइब्रेरीमा पुगिसकेका छन् । फिल्म मेकिड सिक्नेहरुका लागि यो स्क्रिप्ट अध्ययनका लागि ओस्कारको पुस्ताकालयमा राखिएको बताईएको छ ।
विश्वभर ३८० करोड माथिको ग्रस कलेक्शन गरेको यो फिल्मले भारतमा मात्र २०० माथिको नेट व्यापार गरेको छ । यो फिल्म 'डायमण्ड' चोरीको कथामा आधारित छ ।

