Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.00/5.00)
Text size:-
+
-

`धून`को पोस्टर यस्तो छ

फिल्मीखबर, काठमाण्डौ, 2014/11/17

सांगीतिक प्रेमकथामा आधारित फिल्म ‘धून’को अफिसियल फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । मंगलवार सार्वजनिक फिल्मको फस्टलुक पोस्टरमा मुख्य कलाकार जीवन लुईंटेल, नीता ढुङ्गाना र मुकेश ढकाल छन् ।  


फिल्मले सांगीतिक प्रेमकथा बोल्ने भएकोले सार्वजनिक पोस्टरबाट समेत संगीत र प्रेमको भाव झल्काईएको छ । तारा सितारा प्रोडक्शनको व्यानरमा तयार यो फिल्मलाई कृष्ण पौडेलले निर्देशन गरेका हुन् । ‘धुन’ कृष्णको पहिलो निर्देशकिय फिल्म हो । मालती शाह प्रस्तुतकर्ता रहेको यो फिल्ममा सुशिल शाह, श्रेया दुलाल, बिनोद भट्ट र मधुसुदन ढकालको लगानी छ ।


चैत्र ६ गतेबाट दर्शकमाझ आउने 'धून'मा जीवन लुईंटेल, नीता ढुङ्गाना, मुकेश ढकाल, श्रेया दुलाल, उमावेवी, रमेश बुढाथोकी, सुरविर पण्डित, विकल्प शाह लगायतको अभिनय रहेको छ । यो फिल्ममा संगीत लक्की सिटौलाको तथा द्वन्द्व चन्द्र पन्तको रहेको छ भने छायाँकन बिरेन्द्र भट्टको रहेको छ ।  
 

Most Visited News (monthly)