स्वर्गिय निर्देशक आलोक नेम्वाडको ११ दिनको पुण्य तिथीमा नेपाल चलचित्र प्राविधिक संघले आयोजना गरेको श्रद्धाञ्जली सभामा उनका भिनाजु कलाकार विजय लामा केही भावुक र दुखित देखिए । आलोकको निधनलाई मिडियामा आत्महत्या भनिएपछि विजयको चित्त दुखेको हो ।
.jpg)
श्रद्धाञ्जली सभामा बोल्दै विजयले आलोकको निधनको रिपोर्ट नआइसकेकाले यसलाई विभिन्न बिषय जोड्दै समाचार नलेखिदिन मिडियालाई आग्रह गरे । विजयले भने, 'प्रहरी र पोष्टमार्टमको रिपोर्ट नै सार्वजनिक भएको छैन । यसैले मेरो ठाउँमा बसेर विचार गर्नुहोस् त, आलोकले आत्महत्या गर्यो भन्दा मलाई के भएको होला ?'
विजयले आफूले प्रहरी र अस्पतालसँग रिपोर्ट मागिरेहकाले पाउने वित्तिकै सार्वजनिक गर्ने बताए । श्रद्धाञ्जली सभामा बोल्दै अभिनेत्री नम्रता श्रेष्ठले आलोककै कारणले आफूले फिल्म खेलेको बताइन् । उनले निर्देशक आलोक आफ्ना लागि सधैं नै विशेष रहेको बताइन् । उनले भनिन्, 'आलोक नभएको भए सायद फिल्म खेल्थिन ।'
.jpg)
निर्मात्री पूनम गौतमले आलोकले निर्देशन गरेको अन्तिम फिल्म 'अझै पनि'लाई आफूहरुले उनकै चाहना अनुसारकै बनाएर हलसम्म लैजाने बताइन् । नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले आलोक आफूहरुका लागि सधैं विशेष रहेकाले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको बताए ।
श्रद्धाञ्जली सभामा एफडीका प्रमुख प्रदिप कुमार उदय, नेपाल चलचित्र निर्देशक समाजका उपाध्यक्ष सुमन दाहाल, दर्शना आर्ट्सका सिईयो सुरेश दर्पण पोखरेललगायतले आलोकलाई सम्झिए । १२ दिन अघि आफ्नै घरमा आलोकको मृत शरीर भेटिएको थियो ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)

