Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

मंसिर २६ मा `कान्छी मट्याङ ट्याङ`

फिल्मीखबर, काठमाण्डौ, 2014/11/17

हाँस्य अभिनेता पूरन थापाको लेखन,निर्माण र निर्देशनमा बनेको कमेडी फिल्म ‘कान्छी मट्याङ ट्याङ’ २६ मंसिरदेखि देशब्यापी रुपमा प्रदर्शन हुने भएको छ । दिलासा क्रियशन प्रालिको ब्यानरमा बनेको फिल्मको सोमबार राजधानीमा प्रेसमिट गरि प्रदर्शन मितिका साथै गीत, पोस्टर प्रोमो सार्वजनीक गरियो ।


कार्यक्रममा निर्माता ,लेखक, अभिनेता तथा निर्देशकसमेत रहेका पूरनले ‘कान्छी मट्याङ ट्याङ’ नारी केन्द्रित हाँस्य प्रदान फिल्म भएको जानकारी दिए । उनले भने, ‘फिल्ममा नेपाली नारीले भोग्नु परेका बिबिध मध्ये एउटा समस्यालाई उजागर गरिएको छ । समस्यामा कमेडीको चास्नी मिलाएर स्वादिलो फिल्म बनाएको छु ।’

‘फिल्म एकदमै मनोरञ्जक बनेको छ,’ अभिनेता जयकिसन बस्नेतले भने, ‘मैले यसअघि गरेका फिल्मभन्दा बिल्कुलै भिन्न कथा,परिबेश र प्रस्तुतिमा छ ।’ नवनायिका सारिका केसीले आफूले पहिलोपटकनै निकै महत्वपूर्ण भूमिका निभाएको बताउदै आमनेपाली दर्शकले फिल्म मन पराउनेमा बिश्वास ब्यक्त गरिन् ।


फिल्ममा जयकिसन र सारिकाको साथमा राजाराम पौडेल, लक्ष्मी गिरी, लय संग्रौला, निर्देशक पूरन, सोभित बस्नेत, राजेन्द्र खड्गी लगायतको अभिनय छ । गजित बिष्ट र अनु शाह अथिति भूमिकामा छन् । श्याम रायमाझीले खिचेको फिल्ममा बिकास चौधरी र टंक बुढाथोकीको संगीत, एनबि महर्जनको द्धन्द्ध, कमल राई र सुरेन बसेलको नृत्य निर्देशन छ ।
 

Most Visited News (monthly)