Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आठ बर्षे निर्देशकले बुवा र छोरीको प्रेमलाई यसरी देखाए (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2014/11/17

आठ बर्षिय बालक सौगात विष्टले निर्देशन गरेको फिल्म ‘लभ यू बाबा’ को हल ट्रेलर सार्वजनिक गरिएको छ । प्रोमोमा बुवा र छोरी बिचको प्रेमलाई प्रस्तुत गरिएको छ । फिल्मको शिर्ष भूमिकामा अभिनेता गजित विष्ट र संगम विष्ट छन् ।

फिल्म ‘लभ यू बाबा’ ले एउटी छोरीलाई आमाको अभाव हुन नदिन बाबुले गरेको संघर्ष र प्रेमको कथावस्तु बोल्छ । फिल्ममा गजित र संगमको साथमा निश्मा घिमिरे, अशिष्मा नकर्मी, बसन्त भट्ट, निर्मल शर्मा लगायतका कलाकारहरुको अभिनय छ ।

अभिनेता गजितको कथामा तयार गरिएको फिल्म ‘लभ यू बाबा’ मा गम्भिर विष्टको पटकथा तथा संबाद र दिव्यराज सुबेदीको छायांकन रहेको छ । ‘लभ यू बाबा’ आउँदो मंसिर २६ गतेदेखि देशव्यापी रुपमा प्रदशर्नमा आउँदैछ ।

यसै फिल्मबाट सौगात ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड’मा नाम लेखाउने तयारीमा समेत छन् । यसअघि ९ बर्षका भारतका एक बालकले फिल्म निर्देशन गरेर विश्व रेडर्क बनाएका थिए । फिल्मलाई सौगातकी आमा सम्झना पोख्रेलले निर्माण गरेकी हुन् ।

 

फिल्मको हल ट्रेलर हेर्नुस्

 

आठ बर्षे निर्देशकको अर्न्तवार्ता हेर्नुस्

 

Most Visited News (monthly)