Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.50/5.00)
Text size:-
+
-

प्रहरीको घेरामा विद्यार्थी, दोषी को ?

फिल्मीखबर, काठमाण्डौ, 2014/11/14
नेपाल प्रहरीले आज बिहान काठमाण्डौको चाबहिलस्थित गोपिकृष्ण हलमा छापा मार्दै १३ जना विद्यार्थीलाई कलेज ड्रेसमा पक्राउ गर्‍यो । आजैबाट रिलिज भएको फिल्म 'जेरी' हेर्न पुगेका उनीहरुलाई गौशाला प्रहरी प्रभागमा राखेर छोडिएको छ ।
 
 
विद्यार्थीहरु हलमा कलेजको पोशाक लगाएर फिल्म हेर्न पुगेपछि प्रहरीले समातेको हो । कलेज पोशाकमा विद्यार्थीलाई हलमा फिल्म हेर्न नदिने निर्णय केही समयअघि चलचित्र विकास बोर्डले गरेको थियो ।
 
प्रहरीले विद्यार्थी समातेपछि गोपिकृष्ण प्राली आपत्ती जनाएको छ । तर, कलेज पहिरनमा पुगेका विद्यार्थीलाई हलमा प्रवेश गर्न नदिने जिम्मेवारी हलले बहन गर्नुपर्छ या पर्दैन भन्ने प्रश्न पनि उब्जेको छ ।
 
 
गोपिकृष्णका महाप्रवन्धक तिर्थराज पौडेलले प्रहरीले आतंकवादी शैलीमा हलमा छापा मारेको प्रतिक्रिया दिएका छन् । यता, गौशाला प्रहरी प्रभागका प्रमुख राकेश सिंह भने विद्यार्थीले कलेज पोशाकमै हलमा पुग्दा उनीहरुको अध्ययन विग्रने भन्दै निगरानी राखेको बताउँछन् । प्रहरीले कलेज पोशाकमा डान्सबार, पार्क, हलमा पुग्ने विद्यार्थीमाथि निगरानी बढाएको छ ।
 
प्रहरीको यो गतिविधीमा हलले पनि साथ दिनुपर्ने हो । तर, हलले आफ्नो व्यापार मात्र हेर्दा घरबाट कलेज जान निस्किएका थुप्रै कलेजका विद्यार्थी हलसम्म पुग्ने गरेका छन् । यस्ता बिषयमा राज्य, विद्यार्थी मात्र होइन सम्बन्धित हलवालाहरु पनि सजग हुन जरुरी छैन र ?
Most Visited News (monthly)