Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

शैक्षिक मेलामा हमाल दम्पत्ती | हमालको रोजाईमा फिल्मपछि शिक्षा

रेम बिक, पोखरा, 2014/11/14
महानायक राजेश हमाल पहिलोपटक श्रीमती मधु भट्टराईका साथ सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । पोखरामा शुक्रबारदेखि शुरु भएको दोस्रो वृहत शैक्षिक मेलाको उद्घाटन समारोहमा उनी श्रीमती सहित पुगेका हुन् ।  
 
 
करिब एक घण्टासम्म चलेको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बनेर आईपुगेका हमालले विद्यार्थीहरुसँगै केहिबेर शैक्षिक अन्तरक्रिया समेत गरे । ‘खासगरि फिल्म पछि मेरो अर्को रोजाई भनेको शैक्षिक क्षेत्र पर्ने गर्छ,’ राजेशले उद्घाटन समारोहमा भने–‘र, युवापुस्तासँग शिक्षाको बारेमा अन्तरक्रिया गर्नु मेरो ईच्छा हुनेगर्छ ।’ उनले वृहत शैक्षिक मेलामा युवापुस्ताको लागि शिक्षा निकै महत्वपुर्ण भएको बताए । 
 
 
हमालले दक्षता अभिवृद्धिको लागि युवापुस्ताको रोजाई विदेश अध्ययन रहेको उल्लेख गर्दै राम्रोसँग बुझेर मात्रै वैदेशिक रोजाईमा जानुपर्ने सुझाव दिए । वैदेशिक अध्ययन पश्चात आफू दक्ष भैसकेपछि नेपालकै लागि त्यसलाई उपयोग गर्नुपर्नेमा जोड दिए । विश्व ग्लोबल भिलेजको रुपमा परिणत भैसकेको अहिलेको अवस्थामा विद्यार्थीको कन्फ्युजन हटाउनका लागि पनि यस्ता खाले मेलाले सघाउ पुर्‍याएको उनले बताए । 
 
उद्घाटनमा हमाल पत्नी मधु भट्टराई भने बोलिनन् । राजेश हमालले आफ्नी श्रीमतीसहित मेलाको सम्पूर्ण स्टलहरु अवलोकन समेत गरेका थिए । हमाल दम्पती मेला अवधिभर आकर्षकको केन्द्र बने । 
Most Visited News (monthly)