Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`वडा नम्वर ६`मा दयाहाङको इन्ट्री | विल्सन अब अतिथी

फिल्मीखबर, काठमाण्डौ, 2014/11/14
निर्माणको क्रममा रहेको फिल्म ‘वडा नम्वर ६’ मा अभिनेता दयाहाङ राई मुख्य भूमिकामा रहने भएका छन् । दिपकराज गिरी, दिपाश्री निर्रौला र निर्मल शर्माले मिलेर निर्माण गर्न लगेको यो फिल्ममा विल्सन विक्रम राईको स्थानमा दयाको इन्ट्री भएको हो । 
 
फिल्मका अभिनेता समेत रहेका निर्माता दिपकले फिल्मीखबरसँग कुरा गर्दै बिहीबार दयाले काम गर्ने टुंगो लगाएको बताए । यसअघि मुख्य भूमिकामा रहने भनिएका विल्सन अतिथी भूमिकामा रहने भएका छन् । सहमतीमा नै विल्सनलाई अतिथी भूमिकामा राखेको दिपकको भनाई छ ।
 
यसअघि फिल्म 'छ एकान छ'मा कुरा नमिलेपछि विल्सन अन्तिम समयमा आएर बहिरिएका थिए । उनको स्थानमा संदीप क्षेत्रीलाई इन्ट्री गराईएको थियो । यही बिषयले विल्सन र 'छ एकान छ' युनिटबिच फाटो पनि आएको थियो । 'अहिले सहमतीमा नै विल्सनको सट्टामा दयालाई ल्याईएको हो', दिपकले भने ।               
 
उज्जवल घिमिरेले निर्देशन गर्ने यो फिल्ममा दिपकराज गिरी, दयाहाङ्ग राई, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे र सिताराम कट्टेल मुख्य भूमिकामा देखिने छन् । अभिमन्यू निरवीको लेखन रहेको फिल्म ‘वडा नम्वर ६’ को सुटिङ यहि मंसिर ८ गतेदेखि शुरू हुनेछ ।
Most Visited News (monthly)