लामो समयदेखि फिल्मीकर्मीले प्रस्ताव गर्दै आएपनि पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठले यसलाई नकारेकी थिइन् । नेपाली फिल्ममा अभिनय गर्ने प्रस्तावलाई अस्विकार गर्दै आएकी श्रेष्ठ अब भने पर्दामा देखिने भएकी छिन् ।

फिल्म 'छड्के'का निर्देशक निगम श्रेष्ठको नयाँ प्रोजेक्टमा श्रृष्टीले मौखिक रुपमा काम गर्न राजी भएको बताइएको छ । तर, यस बारेमा निर्देशक निगम श्रेष्ठले नै पुष्टी गरेका छैनन् ।
श्रृष्टी मिस नेपाल हुनु पूर्व र भएपछि उनलाई फिल्म खेलाउने चाहना धेरै निर्माता तथा निर्देशकले राखेका थिए । तर, श्रृष्टी फिल्मको अफरलाई टुक्राउँदै देश बाहिर रहेकी थिइन् । निगमले बनाउन लागेको इन्द्रबहादुर राइको चर्चित कृती 'जार'मा श्रृष्टीसँगै सौगात मल्लले अभिनय गर्ने चर्चा छ ।

