Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ड्रग्स तस्करीको आरोपमा ममता पक्राउ

फिल्मीखबर, काठमाण्डौ, 2014/11/13
बलिउड नगरीबाट लगभग ओझेलमा परेकी अभिनेत्री ममता कुलकर्णी फेरि एकपटक चर्चामा छिन् । कारण, केन्यामा उनी पतिसहित ड्रक्स तस्करीको आरोपमा पक्राउ परेकी छिन् । 
 
 
केन्याको प्रहरीले उनलाई पक्राउ गरि गहिरो सोधपुछ गरेको भारतीय संचारमाध्यमले जनाएका छन् । पछिल्लो केही बर्षयता बलिउडबाट टाढा रहँदै अध्यात्ममा लागेकी ममताको आरोप भने पुष्टी भैसकेको छैन । उनको पतिलाई भने केन्याको प्रहरीले हिरासतमा लिएको जनाइएको छ ।
 
ममताले कहिलेदेखि ड्रेक्स तस्करीको धन्दा गर्न थालिन् भन्ने पनि खुलेको छैन । ममता बलिउडमा ९० को दशकमा सर्वाधिक चर्चित थिइन् । उनले साहरुख खान, सलमान खान, आमिर खान, अक्षय कुमार, गोविन्दा जस्ता चर्चित हस्तीसँग फिल्ममा काम गरेकी छिन् । 
Most Visited News (monthly)