मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.00/5.00)
Text size:-
+
-

आलोकको श्रद्धाञ्जलीमा आँशुका धारा (फोटोफिचर सहित)

फिल्मीखबर, काठमाण्डौ, 2014/11/07
अहिले नेपाली फिल्म क्षेत्र शोकमा छ । बिहीवार बेलुकी आफ्नै निवासमा आत्महत्या गरेका निर्देशक आलोक नेम्वाङको शोकमा फिल्मकर्मीहरूले अश्रु धारा बगाए । आलोकलाई अन्तिम श्रद्धाञ्जली दिन कमलादीस्थित प्रज्ञा भवन पुगेका फिल्मकर्मीहरूका आँखा निरन्तर भिजिरहे । 
 
 
आलोकलाई श्रद्धाञ्जली दिन पुगेका अभिनेत्रीहरू भक्कानिएर रोए । आलोकसँग निकट रहेका नम्रता श्रेष्ठ, प्रियंका कार्की, पूजा शर्मा, सञ्चिता लुईंटेल, नन्दिता केसीलगायत अभिनेत्रीहरू सबैभन्दा बढी शोकमा परेको देखियो । आलोककी आमा निकै भावविह्वल भएकी छिन् । 
 
आलोकलाई अन्तिम श्रद्धाञ्जली दिन प्रज्ञा भवनमा सभामुख सुवासचन्द्र नेम्वाङ, सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालसहित फिल्मकर्मी, आफन्त, सञ्चारकर्मी, मोडल, फिल्मसंग सम्बन्धित संघसंस्थाका पदाधिकारीहरूलगायत बिशिष्ट व्यक्ति तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिती थियो । 
 
४१ बर्षको उमेरमा आलोकले आफ्नै घरमा आत्महत्या गरेका आलोकको बिहान टिचिङ अस्पातलमा पोष्टमार्टम गरिएको थियो । दिउँसो ३ः३० सम्म प्रज्ञामा उनको शव राखेर पशुपति आर्यघाट लगिएको छ । आजै उनको पशुपति आर्यघाटमा अन्तिम संकार गरिंदै छ। पशुपतीमा पनि फिल्मकर्मीसहित शुभचिन्तकहरूको बाक्लो भिड जम्मा भएको छ । 
 
यस दु:खद घडीमा फिल्मीखबर डट कम परिवार दिवांगत  आत्माको चीरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछ । 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
तस्विरहरू : बिनोद पोखरेल