बिहीबार बेलुकी आत्महत्या गरेका निर्देशक आलोक नेम्बाङको शवको महराजगञ्ज स्थित टिचिङ अस्पातलमा पोष्टमार्टमको काम अन्तिम चरणमा रहेको बुझिएको छ । उनको शवलाई पोष्टमार्टम पछि प्रज्ञा भवन लगिने छ ।


तस्विरहरू : बिनोद पोखरेल
बिहान ११ बजेभित्र पोष्ट मार्टम सक्ने बताईए पनि शिक्षण अस्पातलका बिधार्थीले आलोकको शवलाई केश स्टडीको रूपमा अध्ययन गर्ने भएपछी पोस्टमार्टममा ढिलाई भएको हो ।
पोष्टमार्टमको काम सकिए लगत्तै श्रद्धान्जलीका लागि उनलाई प्रज्ञा भवनमा डेढ दुई घन्टा राख्ने कार्यक्रम छ । श्रद्धान्जली लगत्तै उनलाई हिन्दू विधि अनुसार आर्यघाटमा दाहसंस्कार गरिने छ ।
आलोकले आत्महत्या गर्नुअघि सुसाइट नोट छाडेका भए पनि सुसाइड नोटमा के लेखिएको छ भन्ने कुरा पुलिसले अहिलेसम्म पनि सार्वजनिक गरेको छैन । आत्महत्याका कारणका बारेमा बिभिन्न शंका उपशंका आईरहँदा परिवारले बेलुका अफिसियल विज्ञप्ती जारी गरी आत्महत्याका बारेमा अधिकारिक धारणा सार्वजनिक गर्ने आलोकका भिनाजु क्याप्टेन विजय लामाले जानकारी दिएका छन ।

