बिहीबार बेलुकी आत्महत्या गरेका निर्देशक आलोक नेम्बाङको शवलाई श्रद्धान्जलीका लागि कमलादी स्थित प्रज्ञाप्रतिष्ठानमा राखिने भएको छ । हाल महाराजगन्जस्थित टिचिङ हस्पिटलमा पोष्ट मार्टमको प्रक्रियामा रहेको उनको शवलाई पोष्ट मार्टम पछि प्रज्ञा लगिने निर्देशक सुरेश दर्पण पोखरेलले जानकारी गराए ।
टिचिङमा पोष्र्ट मार्टमको काम सकिने अझै आधा घण्टाभन्दा बढी समय लाग्ने पनि उनले जानकारी गराए । टिचिङमा पोष्र्ट मार्टमको काम सकिए लगत्तै श्रद्धान्जलीका लागि उनलाई प्रज्ञामा डेढ दुई घन्टा राख्ने कार्यक्रम छ । श्रद्धान्जली लगत्तै उनलाई हिन्दू विधि अनुसार आर्यघाटमा दाह संस्कार गरिने श्रोतले बतायो ।
आलोकले आत्महत्या गर्नुअघि सुसाइट नोट छाडेका भए पनि सुसाइड नोटमा के लेखिएको छ भन्ने कुरा पुलिसले अहिलेसम्म पनि सार्वजनिक गरेको छैन । थुप्रै म्युजिक भिडियोको निर्देशन गरेका आलोकले तीनवटा फिल्मको निर्देशन गरेका थिए ।

