बिगत ६ वर्ष देखि निरन्तर रुपमा आयोजना हुँदै आएको डि सिने अवार्डको मिति परिवर्तन भएको छ । यस अघि मंसिर ११ गतेका लागि मिति तय गरिएको भए पनि अब मंसिर १७ गतेमात्र अवार्ड हुने भएको छ ।
पूर्व घोषित समयमा सार्क शिखर सम्मेलन हुने भएकोले १७ गतेका लागि नयाँ मिति तय गरिएको आयोजक छायाँछबिले जनाएको छ । छैठौं डि सिने अवार्डको मिति परिवर्तनसँगै आयोजकले तयारी समेत तिब्र पारेको छ । कार्यक्रमलाई भव्य बनाउनका लागि आयोजकले गत वर्षहरुमा भन्दा यसपटक केही नयाँ आकर्षण थप्ने जानकारी दियो ।
प्रतिष्पर्धी २२ बिधा सहित कुल २५ बिधामा अवार्ड प्रदान गरिने डि सिने अवार्ड कार्यक्रममा 'मोक्ष', 'मौन', 'छ एकान छ', 'नाइ न भन्नु ल २' र 'महसुश' बिच उत्कृष्ट फिल्मका लागि प्रतिष्पिर्धा हुँदैछ ।

