Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

अमिताभले मागे शाहरूखसँग माफी

फिल्मीखबर, काठमाण्डौ, 2014/11/06
बलिउडका बीग बी मानिने अभिनेता अमिताभ बच्चनले अर्का अभिनेता शाहरूख खानसँग माफी मागेका छन् । शाहरूखसँग अमिताभले माफी माग्नुको कारण आफ्नै पत्नी जया बच्चनले गरेको एक टिप्पणी थियो ।
 
जयाले शाहरूख खानको फिल्म ‘ह्याप्पी न्यू इयर’लाई यो बर्षकै मुर्ख फिल्म भनेकी थिइन् । शाहरूखसँग जयाले यसो भन्दासम्म ठिकै थियो । तर, जब जयाले सार्वजनिक कार्यक्रममै ‘ह्याप्पी न्यू इयर’लाई वकवास फिल्म भनिन्, यसपछि चर्चा चुलियो ।
 
जयाले दिएको यो अभिव्यक्तिका बारेमा शाहरूखले अहिलेसम्म केही भनेका छैनन् । तर, जयाका पति अमिताभ बच्चनले भने शाहरूखलाई एसएमएस गर्दै माफी मागेका छन् । अमिताभले एसएमएसमा जयाको मनासाय शाहरूख र उनको फिल्मलाई अपमान गर्नु नरहेको लेखेका छन् ।
 
जयाले आफ्नो छोरा अभिषेक बच्चन भएकै कारणले ‘ह्याप्पी न्यू ईयर’ हेर्न गएको बताएकी थिइन् । यता अभिषेक र ऐश्वर्या पनि शाहरूखलाई भेटेर जयाको कुरामा माफी माग्न चाहन्थे । जसका लागि शाहरूखको घर मन्नत गएको यो जोडीलाई गौरीले स्वागत गरेकी थिइन् । शाहरूखले भने ऐश्वर्या र अभिषेकसँग भेट पनि गरेनन् ।
 
शाहरूख बच्चन परिवारसँग निक्कै नजिक छन । शाहरूखको अभिनय तथा लगानी रहेको ‘ह्याप्पी न्यू इयर’ले विश्व बजारमा करिब ३ सय ४४ करोड ग्रस कलेक्शन गरिसकेको छ । भारतमा यो फिल्म २ सय करोड नजिक पुगेको छ ।
Most Visited News (monthly)