Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अविवाहित हेमराजकी जवान छोरी !

फिल्मीखबर, काठमाण्डौ, 2014/11/06
‘होस्टेल’ फिल्म निर्देशन गरेर चर्चा कमाएका हेमराज बिसी अब ‘जेरी’ लिएर दर्शकमाझ आउँदैछन् । हेमराजको यो फिल्ममा अनमोल केसी, एना शर्मा र अमालिया शर्मा मुख्य भूमिकामा छन् ।
 
अभिनेत्री अमिलिया शर्मा र उनकी आमा रचना गुरूङ शर्मा
 
आज बिहीबार आयोजना भएको पत्रकार सम्मेलनमा अविवाहित हेमराजले छोरी भेट्टाए । कार्यक्रम संचालक प्रदिप निरौलाले अमालिया शर्मालाई हेमराजकी छोरी भनेर परिचय गराउँदै स्टेजमा बोलाएपछि उपस्थित पत्रकार र फिल्मकर्मी छक्क परे । अविवाहित निर्देशकले कहिले बिहे गरेर छोरी हुर्काए भन्ने चर्चा चल्यो ।
 
सबैले अमालियालाई हेमराजकै छोरी ठानेर अचम्म मानिरहेका थिए । हेमराज पनि केही समय मौन नै बसे । जब आफ्नो बोल्ने पालो आयो उनले हाँस्दै अमालिया आफ्नो छोरी नभएको खुलाए । उनको यो भनाईसँगै कार्यक्रम हलमा हाँसो छुट्यो । कार्यक्रम संचालक र निर्देशकविच कार्यक्रमको तालिका बनाउँदा केही गलत वुझाई भएको रहेछ ।
 
 
अमालिया हेमराजकी नभई कोरियोग्राफर रचना शर्माकी छोरी भएको खुल्यो । संचालक निरौलाले पनि ‘छवि ओझाले सबै कलाकारलाई छोरा–छोरी भन्नुहुन्छ’ भन्दै आफ्नो बचाउ गरे । जे होस्, निर्देशक बिसीले बिहे नै नगरी केही समय भएपनि जवान छोरी चाहिं पाए ।
Most Visited News (monthly)