Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एनासँग अनमोलको `जेरी`

फिल्मीखबर, काठमाण्डौ, 2014/11/06
अभिनेता भुवन केसीका छोरा अनमोल केसीले अभिनय गरेको फिल्म 'जेरी' कात्तिक २८ गतेबाट हलमा लाग्दैछ । गतबर्ष 'होस्टेल' प्रदर्शनमा आएपछि अनमोल पर्दामा देखिएका छैनन् । जसका कारण पनि उनका हजारौं युवती फ्यानहरु 'जेरी'को प्रतिक्षामा पक्कै छन् ।
 
 
 
यो फिल्मको आज बिहीबार काठमाण्डौमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै २ गीत र ट्रेलर सार्वजनिक गरियो । सार्वजनिक गीतमा मुस्ताङको रमणिय दृश्य देखाइएको छ ।
 
कार्यक्रममा बोल्दै निर्देशक हेमराज बिसीले दर्शकले अपेक्षा गरे अनुसारको फिल्म बनाउन खोेजेको बताए । उनले अहिलेका  टिनेजर केटाकेटीको मनोविज्ञानमा आधारित रहेर लभ स्टोरी फिल्म बनाएको बताए ।
 
 
 
कार्यक्रममा अभिनेता अनमोल केसी केही गम्भिर देखिए । उनले आफूले सानैबाट फिल्म मात्र वुझेको र देखेकाले अन्य कुरा सोच्न नसक्ने बताए । फिल्म नगरीलाई एउटा उचाइमा पुर्‍याउन आफू सधैं अग्रसर रहने उनको भनाई थियो । 
 
नव अभिनेत्री एना शर्माले पहिलो पटक फिल्ममा काम गरेपनि टिम राम्रो भएकाले सहज भएको बताईन् । उनले आफ्नो सोख सानैबाट फिल्ममा काम गर्ने भएको समेत जानकारी दिईन् ।  
 
 
अभिनेता भुवन केसीले परिवारले हेर्न नसक्ने खालका फिल्म बनिरहेको अवस्थामा 'जेरी' एक पारिवारिक फिल्म भएको बताए । उनले छोरासहित युनिटलाई सफलताको शुभकामना दिए । यो फिल्मलाई मनोज शेरचनले निर्माण गरेका हुन् ।
 
तस्विर : विनोद पोखरेल 
Most Visited News (monthly)