फिल्म प्रचारका लागि नयाँ उपायको खोजी भैरहेको छ । सामान्य प्रचारले हिजोआज फिल्म चल्न छोडेपछि निर्माताहरु फरकपन खोजिरहेका छन् । दर्शकलाई हलसम्म तान्नका लागि मंसिर ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘श्री ५ अम्बरे’ यूनिटले नयाँ तरिका बुनेको छ ।
फिल्म प्रचारका लागि ‘भिमफेदी गाइज’ले एउटा भिडियो तयार पारेको छ । जसमा भिमफेदी गाइज ग्रुपका कलाकारहरुले फिल्मकै गीतमा नृत्य गरेका छन् । करिब ७ मिनेट लामो भिडियोमा फिल्म हेर्न आग्रह गरिएको छ । जीवनसाथी फिल्मस्को ब्यानरमा तयार भएको यो फिल्मलाई दीपा बस्नेतले निर्देशन गरेकी हुन् ।
फिल्ममा सौगात मल्ल, केकी अधिकारीको मुख्य अभिनय छ । फिल्मको निर्माण टीएन आचार्य र दीपक आचार्यले गरेका हुन् । यस्तै फिल्मको प्रचारका लागि हाँस्य कलाकारहरुलाई समावेश गरेर प्रोमो बनाइएको छ । जुन अहिले टेलिभिजन र यूट्यूबमा चर्चित छ ।

