Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

महिला निर्देशकको `तँ म र ऊ`

फिल्मीखबर, काठमाण्डौ, 2014/11/05
श्रद्धा फिल्म्सको ब्यानरमा निर्माण भईरहेको नेपाली कथानक फिल्म `तँ म र ऊ`बाट नेपाली फिल्म उद्योगमा थप एकजना महिला निर्देशकको आगमन भएको छ । नवराज प्रसाईको निर्माणमा सुदिन प्रसाईको लेखन, प्रस्तुती तथा अभिनय रहेको यस फिल्मलाई लछु गौतमले निर्देशन गरेकी हुन् ।  
 
 
अधिकांश छायाँकन जोमसोम, कागबेनी, मुक्तिनाथ र काठमाण्डौमा गरिएको छ । शम्भु सापकोटाको छायाँकन, आमेश भण्डारी र सागर गौतमको संगीत र प्रितम पाण्डेको सम्पादनमा निर्माण भएको यो फिल्ममा सुदिन प्रसाई, नीता ढुंगाना, दिनेश डिसी, प्रभाकर श्रेष्ठ, अन्जना आरसी, पूर्णिमा क्षेत्रीलगायत बालकलाकारहरु राजेन्द्र बस्नेत, रोजिना अधिकारीले अभिनय गरेका छन् । 
 
 
ताप्लेजुङ्गबाट राजधानी छिरेर महिला निर्देशकको रुपमा स्थापित हुने तरखरमा जुटेकी लछु बिगतमा राष्ट्रिय स्तरको फुटबल खेलाडी रहनुका साथै रंगमञ्च, अभिनय र निर्देशनमा सकृय रहेकी छिन् । हाल सिने जोनमा फिल्मको पोष्ट प्रोडक्सनको अन्तिम कार्य भईरहेको प्रस्तुतकर्ता, लेखक तथा कलाकार सुदिन प्रसाईले बताएका छन् । 
 
Most Visited News (monthly)