Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

`बहादुर बहिनी` हेर्दा आँशु बर्रर्र

फिल्मीखबर, मन्थली, 2014/11/05
माओवादीको सशस्त्र द्वन्द्वबाट मध्यपहाडी जिल्ला रामेछाप पनि अछुतो रहेन । कतिले प्रियजन गुमाए, कतिले अभिभावक गुमाए त कतिले बढुेसकालको सहारा । तत्कालिन राज्य र विद्रोही माओवादीको चेपुवामा परेका रामेछापबासीहरु अहिले पनि द्वन्द्वको कहालीलाग्दो विम्वलाई स्मरण गरिरहेका छन् । द्वन्द्वलाई नजिकबाट हेरेका रामेछापवासीले विगत द्वन्द्वको आतताती घटना हेर्दा बुधबार आफूलाई सम्हाल्न सकेनन् । 
 
जिल्ला विकास समिति रामेछापको सभाहलमा बुधबार बिहान वृत्तचित्र ‘बहादुर बहिनी’को प्रदर्शनी कार्यक्रममा मन्थलीबासी पटकपटक रोए । आँशु मिश्रित स्वरमा सावित्री श्रेष्ठको पीडा र संघर्षलाई मर्मस्पर्सी स्वर हेरिरहँदा जिविसको खचाखच हल स्तब्ध थियो । ‘मैले आफूलाई सम्हाल्नै सकिन्, तीनपटकसम्म रोएँ,’ वृत्तचित्र हेरेपछि रामेछाप उद्योग वाणिज्य संघका महासचिव जगन्नाथ दाहालले भने । सावित्रीको छिमेकी समेत रहेका दाहालले दोषीमाथि कडा कारबाही गर्न माग गरे ।
 
रामेछापकी महिला नेतृ शान्तादेवी पौडेलले डकुमेन्ट्री हरेपछि आफ्नो मनमा क्रोध उत्पन्न भएको बताइन् । पटकपटक आँशु झारेकी उनले आफ्ना दाजुभाईको हत्यारालाई कारबाही गर्न सावित्रीले खेलेको भूमिकाको प्रशंसा गरिन् । 
 
नेपाल बार एसोशिएसन रामेछापका महासचिव झम्क पौडेलले द्वन्द्वकालका जघन्य मानवअधिकार उल्लंघनका घटनामा संलग्न सबैलाई कारबाही गर्न माग गरे । 
 
पत्रकार गणेश पाण्डे निर्देशित वृत्तचित्र ‘बहादुर बहिनी’ पहिलोपटक रामेछाप सदरमुकाम मन्थलीमा प्रदर्शन गरिएको हो । ‘विगतको सशस्त्र द्वन्द्व नेपाली नागरिकका लागि अति नै कष्टकर थियो,’ डकुमेन्ट्री प्रदर्शनपछि स्थानीय महिला नेतृ सकुना कार्कीले भनिन्— ‘अब नेपालीहरुले यस्ता द्वन्द्वको कल्पना कहिल्यै गर्न नपरोस् ।’ 
 
४० मिनेटको यो डकुमेन्ट्रीमा अन्तरजातीय विहेकै कारण उज्जनकुमार श्रेष्ठलाई गुमाएपछि परिवारले भोगेको संघर्ष, भाइका हत्यारालाई कारबाही गर्न जाहेरी दिएका गणेशकुमार श्रेष्ठको रामेछापमा हत्या, आफ्नै आँखा अगाडि बाबुको होली हानेर मारेको देखेकी गणेशकी छोरी रचनाको रहस्यमय आत्महत्या, मिडिया र अधिकारकर्मीको सडक संघर्ष, प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मका शरण, न्यायको लडाईंदेखि कैदीदेखि कन्ट्याक्ट किलरसम्मका तारन्तारको धम्कीलाई पर्दामा उतारिएको छ । 
Most Visited News (monthly)