Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कसरी बने अमिर `पीके` ? (भिडियो सहितको रोचक तथ्य)

फिल्मीखबर, काठमाण्डौ, 2014/11/04
निर्देशक राजकुमार हिरानी फरक फिल्म बनाएर दर्शकको मन जित्न सिपालु मानिन्छन् । फिल्म 'थ्री इडियट्स' निर्देशन गरेर दर्शकको मन जितेका हिरानीले पछिल्लो पटक 'पीके' निर्देशन गरेका छन् । उक्त फिल्ममा भर्सटायल कलाकार अमिर खान बिभिन्न चरित्रमा देखिंदै छन् । 
 
 
'पीके'को कथा अभिजात जोशीले लेखेका हुन् । निर्देशक हिरानीका अनुसार 'पीके'को कल्पना सजिलो थिएन । त्यो भन्दा गार्‍हो पात्र सुहाउँदो गेटअप तयार गर्नु थियो । उनले 'पीके'को चरित्र न कुनै फिल्ममा न कुनै किताबमा रहेको बताएका छन् । यतिसम्म कि रियल लाईफमा समेत यस किसिमको पात्र नदेखिएको उल्लेख गरेका छन् ।    
 
समाजसँग नजिक रहेर फिल्म बनाउन माहिर हिरानीले 'पीके'मा कस्तो बिषय उठाएका छन् त ? अहिलेसम्म यो कुरालाई सस्पेन्स नै राखिएको छ । 'पीके'को अर्थलाई नखुलाईए पनि यो फिल्म गर्दा अमिरको गेटअपको केही रहस्य सार्वजनिक भएको छ । 
 
'पिके'को कथा सुनेपछि अमिर उत्साहित त भए तर उनलाई कुनै आईडिया भएन कस्तो लुक्समा देखिने भनेर । निर्माण युनिटले अमिरलाई बिभिन्न गेटअपमा उतार्‍यो । अन्तत: हल्का मेकअप, छोटो 'फ्ल्याट' कपाल, तन्किएको कान र आँखामा हरियो लेन्समा अमिरलाई 'पीके'को गेटअप दिईयो । 
 
 
रोचक कुरा त यो छ कि, अमिरले लगाएको कपडा कुनै ड्रेस डिजाईनरले तयार परेका हैनन् । उनले आम साधारण मनिसले लगाएको ड्रेस फिल्ममा प्रयोग गरेका छन् । 
 
बिभिन्न किसिमका कपडा लगाएर 'पिके'को गेटअप दिन खोज्दा नसुहाएपछि ड्रेस डिजाईनरलाई सडकमा पठाईयो । केहि फरक खालको ड्रेस लगाएको व्यक्ती देख्ने बित्तिकै त्यो ड्रेस लिईयो र ति व्यक्तिलाई नयाँँ ड्रेस या पैसा दिईयो । यसरी फिल्ममा अमिरले अर्काले लगाएको ड्रेस लगाएर 'पीके' बने । 
 
यति धेरै मेहनत गरेर तयार पारिएको 'पीके'को अर्थ के त ? को हो 'पीके' ? अभिनेता खानले भनेका छन्, 'सस्पेन्स ।' 
 

Most Visited News (monthly)