‘भेटि’ र ‘लफडा’ फिल्म निर्माण गरेका नारायण खतिवडाको तेस्रो फिल्म ‘मेरो मान्छे’को शुभमुहूर्त गरिएको छ । सोमबार चितवनको चित्रसारीमा अवस्थित चित्रसेन बाबा मन्दिरामा फिल्मको शुभमुर्हत गरिएको हो ।

चित्रसेन बाबा मिडिया प्रा.ली.को ब्यानरमा बन्ने फिल्मका निर्देशक राज सरगम हुन् । शुभमुहूर्त पछि बोल्दै निर्माता खतिवडाले तेस्रो फिल्मको रुपमा निर्माण गर्न लागेको ‘मेरो मान्छे’मा यस अगाडीका फिल्म भन्दा फरक बन्ने बताए । फिल्ममा दिपक ढकाल, अनिल अधिकारी, सगुन शाही, स्मिता थपलिया, सुरविर पण्डित, गणेश उप्रेतीलगाएतका कलाकारको अभिनय रहने छ ।

