लामो समयदेखि अस्वस्थ रहेका बलिउडका चर्चित कलाकार सदाशिव अम्रापुर्कारको निधन भएको छ । उनको विगत २ हप्तादेखि अम्बानी अस्पतालमा उपचार भैरहको थियो । फेफड रोगबाट ग्रसित सदाशिवको ६४ बर्षको उमेरमा आज बिहान निधन भएको हो ।

२ वटा फिल्मफेयर अवार्ड समेत जितेका यी कलाकारले खलपात्र र कमेडी भूमिकामा आफूलाई सशक्त रुपमा उभ्याएका थिए । उनको निधनमा बलिउडले गहिरो शोक व्यक्त गरेको छ । बलिउडका बीग बी अमिताभ बच्चनदेखि कैयौ कलाकारले उनको निधनमा गहिरो शोक व्यक्त गरेका छन् ।
आँखे, सडक, कालचक्र, इश्क, अर्ध सत्यजस्ता फिल्ममा उनले गरेको सशक्त अभिनयलाई दर्शकले अझै पनि संझन्छन् ।

