दीपकराज गिरीले निर्माण गर्न लागेको दोश्रो फिल्म 'वडा नम्बर छ' गाउँको कथामा आधारित छ । तर, फिल्मको मुख्य यूवती भने शहरिया छन् । लामो समयदेखि एक सेक्सी लेडीको खोजीमा लागेका दीपकले भूमिका सुहाउँदो युवती प्रियंका कार्कीलाई लिएका हुन् ।
रेखा थापादेखि मोडल अकेशा बिष्टको समेत चर्चा भैरहदा दीपकले अभिनेत्री प्रियंकालाई फाइनल गरेका हुन् । सफल फिल्म 'छ एकान छ' कै साथीहरु दीपाश्री निरौला र निर्मल शर्मासँग मिलेर दीपकले बनाउन लागेको यो फिल्मलाई उज्ज्वल घिमिरेले निर्देशन गर्दैछन् ।
अभिनेत्री प्रियंका कार्की अन्य विभिन्न फिल्मको छायांकनमा व्यस्त रहँदै गर्दा यो फिल्ममा काम गर्न तयार भएकी हुन् । 'वडा नम्बर छ'मा 'छ एकान छ' कै हाँस्य कलाकारहरुले अभिनय गर्ने बताइन्छ । साथमा विल्सन विक्रम राइ पनि काम गर्न तयार भैसकेका छन् ।

