Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`श्री ५ अम्बरे`कोे अमेरिका सवारी

फिल्मीखबर, काठमाण्डौ, 2014/10/30
फिल्म `श्री ५ अम्बरे`लाई नेपालमा डिजिटल सिनेमा नेपाल (डिसिएन)ले वितरणको जिम्मा लिए लगतै हलको चाँजोपाँजो मिलाउँदै छ । फिल्मलाई नेपालका करिब ५५ हलमा प्रदर्शन हुने डिसिएनका बजार व्यवस्थापक दिपक दंगालले जानकारी दिए । 
 
`श्री ५ अम्बरे` राम्रो फिल्म भएकै कारण वितरणको जिम्मा लिएको दंगालको दावी छ । दर्शक यो फिल्म हेर्न प्रतिक्षारत रहेको  दंगालले थपे । यसैगरी मंसिर ५ मा नै 'श्री ५ अम्बरे' अमेरिकाको २१ राज्यमा एकैसाथ प्रदर्शन हुने जानकारी निर्माण पक्षले जनाएको छ । फिल्मलाई अमेरिकामा नेपाल ११ ईन्टरटेन्मेन्टले वितरण गर्नेछ । 
 
'हामी 'श्री ५ अम्बरे'लाई नेपाल र अमेरिकामा एकै साथ प्रर्दशन गर्न पाउँदा उत्साहित भएका छौं', नेपाल ११ का कार्यकारी निर्देशक प्रतिक सुवेदीले बताए । उनका अनुसार अमेरिकामा फिल्म हेर्न दर्शक इच्छुक छन् ।  
 
जिवनसाथी फिल्मस्को व्यानरमा निर्मित फिल्ममा सौगात मल्ल, केकी अधिकारी, बिक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राई , मार्टिन खान, राज गदाईली आदी कलाकारहरुको अभिनय देख्न सकिन्छ । टि. एन. आचार्य र दिपक आचार्य निर्माता रहेको यो फिल्मलाई दीपा बस्नेतले निर्देशन गरेकी हुन् ।  
 

Most Visited News (monthly)