मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`स्टुपिड मन`को प्रशंसा | दमकमा घेरिए हिरो

फिल्मीखबर, काठमाण्डौ, 2014/10/29
कात्तिक ७ गतेबाट सार्वजनिक भएको फिल्म 'स्टुपिड मन'को निर्माण यूनिटले प्रेस शोको आयोजना गरेको छ । फिल्म प्रदर्शनमा आएको छैठौं दिनमा पत्रकारलाई देखाइएको हो । फिल्म हेरेपश्चात पत्रकारहरूले कथावस्तु, प्रस्तुती र दृश्यको प्रशंसा गरे । 
 
 
 
थाइल्याण्डमा छायांकन गरिएको फिल्ममा जीवन लुइटेल, निरज बराल, चाँदनी शर्मा, रिजु श्रेष्ठ, मार्टिन खानको मुख्य भूमिका छ । फिल्मको प्रेस शोमा कलाकार रिजु श्रेष्ठ र मार्टिन खान, निर्देशक दिवाकर भट्टराई, निर्माता तथा अभिनेता निरज बराल, संगीतकार अर्जुन पोखरेल, लेखक सामिप्य तिमल्सिनालगायत उपस्थित थिए । 
 
थाइल्याण्डमा रहेकी एक यूवती र त्यहाँ नै गैह्र कानुनी रुपमा बस्ने एक यूवकको प्रेमकथा र त्यसमा आउने विभिन्न उतारचढावमा फिल्म बनेको छ । फिल्मको पहिलो पाटोलाई अत्याधिक रुचाइएको छ । पहिलो हाफको तुलानामा दोश्रो हाफलाई केही कमजोर भनिएको छ ।
 
फिल्मको प्रेश शोमा नेपाली कांंग्रेसका नेता कृष्णप्रसाद सिटौला पनि उपस्थित थिए । उनले फिल्म राम्रो बनेको प्रतिकृया दिए । सामिप्य तिमिल्सिनाको पटकथा तथा संवाद रहेको फिल्मको सांगीतिक पाटोलाई उत्कृष्ट भनिएको छ । अर्जुन पोख्रेलले संगीत भरेको फिल्मका गीत हिट पनि छन् । 
 
नेपाली फिल्मको सम्पूर्ण दृश्य पहिलो पटक विदेशी भूमिमा गरिएको 'स्टुपिड मन'लाई दर्शकले रूचाएका छन् । कम हल पाएकाले फिल्मले सोचे अनुरूपको व्यवसाय गर्न सकेको छैन । नव अभिनेत्री चाँदनी शर्मा र निर्देशक दिवाकर भट्टराइको कामलाई धेरैले तारिफ गरेका छन् । यस्तै अभिनेता जीवन लुईटेलको पनि अघिल्ला फिल्मको तुलनामा यो फिल्ममा गरेको अभिनय अब्बल रहेको प्रतिकृया छ । 
 
 
दमकमा घेरिए स्टुपिड हिरो 
 
देशभर प्रदर्शनरत फिल्म 'स्टुपिड मन'का मुख्य पात्र अभिनेता जीवन लुईटेल दमकमा शुभचिन्तक दर्शकमाझ घेरिए । आफूले अभिनय गरेको फिल्मको प्रतिकृया लिन दमकको निलकण्ठ चित्र मन्दिर पुगेका जीवन उपस्थित दर्शकमाझ घेरिएका हुन् ।
 
 
 
फरक गेटअपमा प्रस्तुत भएका जीवनसँग फोटो खिच्न दर्शकहरू ठेलमठेल गरेको देखियो । यता जीवन पनि आफ्नो भूमिका र फिल्मको बारेमा सकारात्मक प्रतिकृया पाउँदा खुसी देखिए । उपस्थित खचाखछ दर्शकले 'स्टुपिड मन' राम्रो बनेको प्रतिकृया मात्र दिएनन्, आफ्नो सामु हिरो नै उपस्थित हुँदा हर्षित देखिए ।