मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

२० बर्षपछि पनि याद हुने आर्यनको `पूनर्जन्म`

फिल्मीखबर, काठमाण्डौ, 2014/10/29
फिल्म 'पूनर्जन्म'को पहिलो अनुहार सार्वजनिक भएको छ । सजन श्रेष्ठले पहिलो पटक निर्देशन गरेको फिल्ममा मोहनकृष्ण श्रेष्ठ र भद्र बहादुर शाहीको लगानी छ । एम के इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको यो फिल्ममा आर्यन सिग्देल, गजित बिष्ट, केकी अधिकारी, सुस्मिता शाही, विजय लामा लगायतका कलाकारले अभिनय गरेका छन् ।
 
 
फिल्मको फष्टलुक कार्यक्रमका प्रमुख अतिथी सभासद विक्रम पाण्डे र चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । फिल्ममा अभिनेताद्धय आर्यन सिग्देल र गजित बिष्ट सिपाहीको भूमिकामा देखिएका छन् ।
 
कार्यक्रममा बोल्दै अभिनेता आर्यन सिग्देलले २० बर्षपछि पनि यो फिल्म हेर्दा आफूलाई गर्व महसुश हुने बताउँदै पहिलो पटक फरक भूमिकामा काम गरेको बताए । निर्देशक सजन श्रेष्ठले फिल्मले द्वन्द्वको कालखण्डलाई विर्सिएका पुस्तालाई स्मरण गराउने बताए ।
 
कार्यक्रममा फिल्ममा समावेश बसन्त सापकोटाद्धारा संगीतबद्ध दुई गीत सार्वजनिक गरियो । फिल्ममा प्रल्हाद तिमिल्सिना, मिलन अमात्य, अन्जु पन्त, जितु श्रेष्ठको स्वर छ । शिव ढकाल र नवराज कृष्ण थापाको छायांकन, कविराज गहतराजको नृत्य, सुदर्शन श्रेष्ठको पटकथा तथा संवाद रहेको फिल्ममा अष्ट महर्जनको द्धन्दनिर्देशन छ ।