Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

`लज्जा` पछि `हवल्दार सुन्तली` | फस्टलुक पोस्टर हेर्नुस्

फिल्मीखबर, काठमाण्डौ, 2014/10/29
निर्माता छबिराज ओझाले 'लज्जा' फिल्म रिलिज भईरहँदा अर्को फिल्म 'हवल्दार सुन्तली'को फस्टलुक पोस्टर सार्वजनिक गरेका छन् । 'लज्जा'बाट डेब्यू गरेकी अभिनेत्री शिल्पा पोखरेल यो फिल्ममा पनि शिर्ष भूमिकामा छिन् । 
 
 
ऋषि लामिछानेले निर्देशन गरेको यो फिल्मलाई आउँदो चैत्र २७ गते प्रर्दशन गर्ने उद्देश्य सहित छविराज प्रोडक्सनले फष्टलुक पोस्टर रिलिज गरेको हो । 'हामीले 'लज्जा'बाट सफलता हात पारिसक्यौं अब 'हवल्दार सुन्तली'लाई ध्यान दिनेछौं,' निर्माता छविराज ओझाले भने । 
 
आफ्नै सहकर्मीबाट बलकृत भएकी प्रहरी हवल्दार सुन्तली धामीमाथिको सत्य घटनामा बनेको यो फिल्ममा किशोर खतिवडा सहित सविन श्रेष्ठ मुख्य भूमिकामा छन् । 'हवल्दार सुन्तली' प्रर्दशन हुने दिन विनय श्रेष्ठको फिल्म 'रेशम फिलिली' र बिकास आचार्यको 'नाईं नभन्नु ल ३' रिलिज हुने चर्चा छ । 
Most Visited News (monthly)