निर्माता छबिराज ओझाले 'लज्जा' फिल्म रिलिज भईरहँदा अर्को फिल्म 'हवल्दार सुन्तली'को फस्टलुक पोस्टर सार्वजनिक गरेका छन् । 'लज्जा'बाट डेब्यू गरेकी अभिनेत्री शिल्पा पोखरेल यो फिल्ममा पनि शिर्ष भूमिकामा छिन् ।
ऋषि लामिछानेले निर्देशन गरेको यो फिल्मलाई आउँदो चैत्र २७ गते प्रर्दशन गर्ने उद्देश्य सहित छविराज प्रोडक्सनले फष्टलुक पोस्टर रिलिज गरेको हो । 'हामीले 'लज्जा'बाट सफलता हात पारिसक्यौं अब 'हवल्दार सुन्तली'लाई ध्यान दिनेछौं,' निर्माता छविराज ओझाले भने ।
आफ्नै सहकर्मीबाट बलकृत भएकी प्रहरी हवल्दार सुन्तली धामीमाथिको सत्य घटनामा बनेको यो फिल्ममा किशोर खतिवडा सहित सविन श्रेष्ठ मुख्य भूमिकामा छन् । 'हवल्दार सुन्तली' प्रर्दशन हुने दिन विनय श्रेष्ठको फिल्म 'रेशम फिलिली' र बिकास आचार्यको 'नाईं नभन्नु ल ३' रिलिज हुने चर्चा छ ।