मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ऋचालाई एलर्जी आउँदा अशिष्मालाई चिठ्ठा

फिल्मीखबर, काठमाण्डौ, 2014/10/29
कहिलेकाहिं कलाकारलाई अनुहारमा आउने विभिन्न समस्याले पनि हैरानै पार्छ । अभिनेत्री ऋचा शर्मालाई पनि मंगलबार यस्तै भयो । एक गीतको म्यूजिक भिडियोको छायांकनका लागि सेटमा पुगेर मेकअप गरिसकेपछि उनले काम नगर्ने निर्णय गरिन् । कारण बन्यो अनुहारमा आएको एलर्जी ।  
 
 
मेकअप लगाउँदा समेत क्यामेरामा स्पष्ट देखिएपछि ऋचाले काम नगरौं भन्ने प्रस्ताव निर्देशक प्रदिप निरौलालाई राखिन् । क्यामेरामा समेत ऋचाको एलर्जी स्पष्ट देखिएपछि प्रदिपले नयाँ मोडल को लिने भन्नेमा अलमलमा परे । ऋचाले अर्की अभिनेत्री अशिष्मा नकर्मीलाई प्रस्ताव राखेपछि प्रदिप पनि तयार भए । अशिष्मा समयमै सेटमा पुगिन् र काम गरिन् ।
 
 
'म त तिम्रो नफापेको मान्छे' बोलको गीतको भिडियो छायांकनमा यस्तो समस्या देखिएको हो । अशिष्माले ऋचाको स्थान लिंदै अभिनेता रेश महरठ्ठासँग काम गरिन् । प्रदिप निरौलाको निर्देशनमा हरि हुमागाईंले छायांकन गरेको गीतमा अन्धविश्वास र धार्मिक आस्थालाई देखाउन खोजिएको छ । निकिता थापाको स्वर, गोविन्दप्रसाद उपाध्यायको शब्द र हरी लम्सालको संगीत रहेको गीतलाई 'सत्यता २' एल्बमबाट लिइएको हो ।