Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमिताभ बच्चनलाई अदालतमा उपस्थित हुन आदेश

एजेन्सी, काठमाण्डौ, 2014/10/29
बलिउड चर्चित अभिनेता अमिताभ बच्चनलाई एक अमेरिकी अदालतले सन १९८४ को सिख दंगामा हिंसा भड्काउन प्रेरित गरेको आरोपमा अदालतमा उपस्थित हुन आदेश दिएको छ । उनलाई लस ऐन्जल्सको संघिय अदालतले आदेशपत्र पठाएको हो । 
 
 
अमिताभमाथि यो मुद्दा ३१ अक्टुवर १९८४ मा उनले दिएको बयानका लागि लागेको बताईएको छ । इन्दिरा गान्धीको हत्या भएपछि अमिताभ बच्चनले प्रतिक्रिया दिँदैं ‘हत्याको बदला हत्या’ भनेका थिए । उक्त भनाईले हिंसा भडकाउन प्रेरित गरेको आरोप लागेपछि संघिय अदालतले अमिताभलाई २१ दिन भित्र जवाफ दिन समय सिमा तोकेको छ । 
 
अमिताभ बिरुद्ध अमेरिकामा शिखहरूको हकहितका लागि काम गर्दै आइरहेको ‘शिख फर जस्टिस’ नामक मानवअधिकारवादी संगठनले याचिका दायर गरेको हो । यता भारतमा भने समाजवादी पाटीका नेता एवम अमिताभ बच्चनका नजिकका हितैषी अमर सिंहले अमिताभ बच्चनको बचाउ गर्दै उनलाई यो मामलामा मुछ्न उचित नहुने बताएका छन् ।  
Most Visited News (monthly)