बलिउड चर्चित अभिनेता अमिताभ बच्चनलाई एक अमेरिकी अदालतले सन १९८४ को सिख दंगामा हिंसा भड्काउन प्रेरित गरेको आरोपमा अदालतमा उपस्थित हुन आदेश दिएको छ । उनलाई लस ऐन्जल्सको संघिय अदालतले आदेशपत्र पठाएको हो ।
अमिताभमाथि यो मुद्दा ३१ अक्टुवर १९८४ मा उनले दिएको बयानका लागि लागेको बताईएको छ । इन्दिरा गान्धीको हत्या भएपछि अमिताभ बच्चनले प्रतिक्रिया दिँदैं ‘हत्याको बदला हत्या’ भनेका थिए । उक्त भनाईले हिंसा भडकाउन प्रेरित गरेको आरोप लागेपछि संघिय अदालतले अमिताभलाई २१ दिन भित्र जवाफ दिन समय सिमा तोकेको छ ।
अमिताभ बिरुद्ध अमेरिकामा शिखहरूको हकहितका लागि काम गर्दै आइरहेको ‘शिख फर जस्टिस’ नामक मानवअधिकारवादी संगठनले याचिका दायर गरेको हो । यता भारतमा भने समाजवादी पाटीका नेता एवम अमिताभ बच्चनका नजिकका हितैषी अमर सिंहले अमिताभ बच्चनको बचाउ गर्दै उनलाई यो मामलामा मुछ्न उचित नहुने बताएका छन् ।