मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`हाइवे टु धम्पुस`लाई अमेरिकी अवार्ड

फिल्मीखबर, काठमाण्डौ, 2014/10/28
अभिनेता राजबल्लभ कोइरालाको अभिनय रहेको अमेरिकी फिल्म ‘हाइवे टु धम्पुस'ले अमेरिकामा असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म चलेको हर्टल्याण्ड फिल्म फेस्टिभलमा ‘स्टयाण्डिङ ओभेसन' सहित ‘बेस्ट युएस प्रिमियर' अवार्ड जितेको छ । 
 
हर्टल्याण्ड फिल्म फेस्टिभललाई अमेरिकाको प्रतिष्ठित अवार्ड मानिन्छ । अभिनेता राजबल्लभ कोइरालाले जनाए अनुसार यो फेस्टिभलमा छोटा फिल्मको विधामा उत्कृष्ट हुने फिल्मले ओस्कारको छोटा फिल्मको अन्तिम पाँचको प्रतिस्पर्धामा सिधै प्रवेश पाउने प्रावधान छ । 
 
‘हाइवे टु धम्पुस' मा बिग्रिएकी ब्रिटिश राजकुमारी नेपाल भ्रमणमा आएपछि उसको जीवनमा आउने परिवर्तनलाई मुख्य विषय बनाईएको छ । फिल्ममा राजबल्लभले पाइलटको भूमिका निर्वाह गरेका छन् । रिक म्याकफारलान्डको लेखन तथा निर्देशन रहेको फिल्ममा सुयशा राना, देशभक्त खनाल, सायुस गुरुङ बज्राचार्य, सुनिल श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ।