मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`श्री ५ अम्बरे`को टिभिसीमा जिग्री हजुर (भिडियो सहित)

फिल्मीखबर, काठमाण्डौ, 2014/10/28
मंसिर ५ गते प्रदर्शनमा आउन लागेको प्रतिक्षित फिल्म 'श्री ५ अम्बरे'ले आफ्नो प्रचार प्रसारलाई आक्रमक बनाउँदै लगेको छ । फिल्मको 'जब सपनीमा' बोलको गीतले बजार तताउँदै गर्दा केहि दिन अगाडी सार्वजनिक ट्रेलरले राम्रै चर्चा पाएको छ ।
 
 
प्रचार प्रसारको अन्य सामाग्री सँगै 'श्री ५ अम्बरे' यूनिटले टेलिभिजनको लागी चर्चित टेलिश्रृंखला भद्रगोलका कलाकारहरुलाई लिएर टिभीसी तयार पारेको छ । उक्त टिभिसी टेलिभिजनमा प्रसारण गरिने बताईएको छ । 
 
 'हामी नेपाली फिल्म प्रेमी समक्ष 'श्री ५ अम्बरे' आउँदैछ भन्ने जानकारी देशको कुना कुनामा पुर्याउन चाहन्छौ । त्यसैले चर्चित कलाकारलाई लिएर टिभीसी तयार पारेको हो', निर्माता टि.एन. आचार्यले बताए ।
 
जिवनसाथी फिल्मस्को व्यानरमा निर्मित फिल्ममा सौगात मल्ल, केकी अधिकारी, बिक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राई, मार्टिन खान, राज गोदाइली लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । टि. एन. आचार्य र दिपक आचार्य निर्माता रहेको उक्त फिल्मलाई दीपा बस्नेतले निर्देशन गरेकी हुन् ।