मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`श्री ५ अम्बरे`का कलाकारसँग दुखेसो

फिल्मीखबर, काठमाण्डौ, 2014/10/28

मंसिर ५ गते फिल्म श्री ५ अम्बरे प्रदर्शनमा आउँदैछ । फिल्मको प्रचार प्रसारका लागि निर्माण युनिट अहिले पूर्वी नेपालमा छ । पूर्वका बिभिन्न स्थानमा युनिटले फिल्मको प्रचार प्रसार गर्दै दर्शकलाई हलसम्म तान्न प्रेरित गरिरहेको छ ।

फिल्मका मुख्य कलाकार हुन्, केकी अधिकारी र सौगात मल्ल । यि दुई कलाकार हाल हङकङमा छन् । अवार्डका लागि दुई साता भित्रमा दुई पटक यि दुबै कलाकार हङकङ पुगे । जसले गर्दा फिल्मको प्रचारका लागि अबरोध भयो । निर्माण युनिट कलाकार बिना दौडधुप गरिरहेको छ ।

निर्देशक दीपा बस्नेत र निर्माता दिपक आचार्य फिल्म प्रचारका लागि मोफसल पुगेका छन् । लक्ष्मीपूजाको दिन प्रधानमन्त्री निवास वालुवाटारमा फिल्मको निर्माणपक्षले आयोजना गरेको देउसी कार्यक्रममा पनि मुख्य कलाकार देखिएनन् ।

अपरझट गरिएको निर्णयले उपस्थित हुन नसकेको अभिनेत्री केकी अधिकारी बताउँछिन् । केकीले आफ्नो तर्फबाट प्रचार गरिरहेको बताएपनि निर्माण युनिट सन्तुष्ट हुन सकेको छैन । केकी हङकङबाट आएलगत्तै यही फिल्मको प्रचारमा जुट्ने योजना बनाएकी छिन् । सायद केकीको अबको योजनाले युनिट खुसी हुन्छ कि !

यता फिल्मका मुख्य पात्र सौगात मल्लले त वास्तै नगरेको निर्देशक बस्नेतको दुखेसो छ । शिर्ष भूमिकामा रहेका सौगात निर्माण युनिटसँग नजिक नभएको खबर फैलिएको छ । 'किन उहाँ हामीसँग संपर्कमा आउन चाहनुहुन्न बुझ्न सकेका छैनौं,' निर्देशकले भनिन् ।