इन्टरनेशल नेपाली फिल्म एकेडमीको आयोजनमा हङकङमा आइतवार साँझ सम्पन्न इन्फा अवार्ड समारोहमा सवैभन्दा धेरै सात वटा बिधामा अवार्ड हात पारेर बर्ष ०७०को ब्लकबस्टर फिल्म ‘नाइँ नभन्नु ल २’ अब्बल ठहरियो । नेपालका उपप्रधानमन्त्री एवं स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेको सो समारोहमा २० वटा बिधामा अवार्ड बितरण गरिएको थियो ।

अवार्ड समारोहमा नेपाली फिल्म क्षेत्रमा बिशेष योगदान पुर्याएवापत निर्माता उद्धव पौडेललाई पाँच लाख रुपैयाँसहित लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरियो भने शिव श्रेष्ठलाई सर्वश्रेष्ठ नायक, भुवन केसीलाई अभिनय तारा, विजय लामालाई सुपर हिरो, गौरी मल्ललाई कला प्रतिमूर्ति तथा अविनाश गुरुङलाई स्पेसल रिकग्निसन अवार्ड प्रदान गरियो ।
सगरमाथा आरोहरण गरेका निशा अधिकारी र अर्जुन कार्कीलाई विशेष सम्मान प्रदान गरियो । गत साता मात्र हङकङमा नेफ्टा अवार्ड भव्यताकासाथ सम्पन्न भएको थियो ।
इन्फा अवार्डका विजेताहरु -
उत्कृष्ट फिल्मः नाइँ नभन्नू ल-२
निर्देशकः विकास आचार्य, नाइँ नभन्नू ल-२
अभिनेताः आर्यन सिग्देल, महसुस
अभिनेत्रीः नम्रता श्रेष्ठ, मौन
पटकथाः सुरज सुब्बा नाल्बो, बितेका पल
कथाः नवीन गौली, सुरज भुसाल, मौन
सहअभिनेताः सुरजसिंह ठकुरी, नाइँ नभन्नू ल-२
सहअभिनेत्रीः प्रियंका कार्की, नाइँ नभन्नू ल-२
खलअभिनयः झरना थापा, कोही त छ
हास्यअभिनयः सीताराम कट्टेल, ६ एकान ६
संगीतकारः वसन्त सापकोटा, नाइँ नभन्नू ल-२
गीतकार- कृष्णहरि बराल, नाइँ नभन्नू ल-२
गायक- प्रेम परियार, नाइँ नभन्नू ल-२
गायिका- मिलन अमात्य, काली
नृत्य- कविराज गहतराज, काली
नवअभिनेता- अनमोल केसी, होस्टेल
नवअभिनेत्री- सुजाता कोइराला, मञ्जरी
छायांकन- पुरुषोत्तम प्रधान, ढुवानी
सम्पादन- अनन्जय खड्का, साँघुरो
द्वन्द्व निर्देशन- राजेन्द्र खड्गी, नथिङ इम्पोसिबल
फ्रेस फेस अवार्ड- मलिना जोशी, ऋतु
मस्ट पपुलर एक्टर- दयाहाङ राई
मस्ट पपुलर एक्ट्रेस- प्रियंका कार्की

