मिति : २०८१ वैशाख ५, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

`लज्जा`को सुखद ओपनिङ

फिल्मीखबर, काठमाण्डौ, 2014/10/24
आज शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'लज्जा'को ओपनिङ राम्रो भएको निर्माता छबि ओझाले जानकारी दिए । उनका अनुसार देसभर नै फिल्मको व्यापार राम्रो छ । 
 
यस्तै आजैबाट प्रदर्शनमा आएको अर्को नेपाली फिल्म 'स्टुपिड मन'को ओपनिङ पनि सुखद रहेको रिपोर्ट छ । हल कम पाएका कारण 'लज्जा'को तुलनामा 'स्टुपिड मन'को व्यापार भने कम रहेको रिपोर्ट छ । यि दुईको व्यापारमा हिन्दी फिल्म 'ह्याप्पी न्यू इयर' बाधक बनेको छ । 
 
नवल नेपालको निर्देशनमा बनेको फिल्म 'लज्जा'लाई दर्शकले रूचाएको समेत पाईएको छ । यो फिल्ममा आर्यन सिग्देल र शिल्पा पोखरेलको मुख्य भूमिका छ । 
 
यस्तै दिवाकर भट्टराईले निर्देशन गरेको 'स्टुपिड मन्'लाई पनि दर्शकले रूचाएका छन् । साँगीतिक रूपमा अगाडी रहेको यो फिल्ममा जीवन लुईटेल , निरज बराल, चाँदनी शर्मा र रिजु श्रेष्ठको मुख्य भूमिका छ ।