आज शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'लज्जा'को ओपनिङ राम्रो भएको निर्माता छबि ओझाले जानकारी दिए । उनका अनुसार देसभर नै फिल्मको व्यापार राम्रो छ ।
यस्तै आजैबाट प्रदर्शनमा आएको अर्को नेपाली फिल्म 'स्टुपिड मन'को ओपनिङ पनि सुखद रहेको रिपोर्ट छ । हल कम पाएका कारण 'लज्जा'को तुलनामा 'स्टुपिड मन'को व्यापार भने कम रहेको रिपोर्ट छ । यि दुईको व्यापारमा हिन्दी फिल्म 'ह्याप्पी न्यू इयर' बाधक बनेको छ ।
नवल नेपालको निर्देशनमा बनेको फिल्म 'लज्जा'लाई दर्शकले रूचाएको समेत पाईएको छ । यो फिल्ममा आर्यन सिग्देल र शिल्पा पोखरेलको मुख्य भूमिका छ ।
यस्तै दिवाकर भट्टराईले निर्देशन गरेको 'स्टुपिड मन्'लाई पनि दर्शकले रूचाएका छन् । साँगीतिक रूपमा अगाडी रहेको यो फिल्ममा जीवन लुईटेल , निरज बराल, चाँदनी शर्मा र रिजु श्रेष्ठको मुख्य भूमिका छ ।

