मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

छायांकार लामा बस दुर्घटनामा घाइते

फिल्मीखबर, काठमाण्डौ, 2014/10/24
नेपाली फिल्मका छायांकार हरि लामा गम्भिर घाइते भएका छन् । आज शुक्रबार तिहारका लागि घर जाने क्रममा नुवाकोटमा भएको बस दुर्घटनामा पर्दा उनी गम्भिर घाइते भएका हुन् ।  
 
 
नेपाल चलचित्र प्राविधिक संघका महासचिव अनन्त तिमिल्सिनाका अनुसार उनको शरीरमा गम्भिर चोट लागेको छ । पछिल्लो जानकारी गराउँदै प्राविधिक संघका उपाध्यक्ष पुष्कर लामाले लामाको शरीरको एक पाटो चल्न नसेकेको बताए । उनका अनुसार लामा बोल्न सक्छन् तर शरीरको एक पाटो चलेको छैन ।
 
काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि छुटेको बा २ ख २२६६ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको निधन भएको छ भने ३० जना गम्भिर घाइते भएका छन्  । फिल्म 'बितेका पल' र 'अधकट्टी' खिचेका लामाको यतिबेला काठमाण्डौं स्थित टिचिङ हस्पिटलमा उपचार भैरहेको छ ।