मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`आइ सिनेमा`को घुम्टो उघारियो

अर्पण ढकाल, इटहरी, 2014/10/24
पूर्वको मुटु शहरको रुपमा रहेको इटहरीमा सुबिधा सम्पन्न मल्टिप्लेक्स हल 'आइ सिनेमा' (इटहरी सिनेमा) संचालनमा आएको छ । लक्ष्मी पूजाको अवसर परेर हिजो एक औपचारिक कार्यक्रमको आयोजना गरेर हलको उद्घाटन गरिएको हो ।
 
सुनसरी क्षेत्र न २ का सभासद रामकुमार सुब्बाले रिबन काट्दै हलको उद्घाटन गरेका थिए । उद्घाटनपछि निम्तो गरिएका बिशिस्ट अतिथिहरुलाई फिल्म समेत देखाईएको थियो । संचालनसंगै हलमा 'ह्याप्पी न्यु इयर' फिल्म रिलिज गरिएको छ । 
 
कार्यक्रम बोल्दै हल संचालक रेवतीरमण दुलालले इटहरीमा हल अभावको परिपूर्ति 'आइ सिनेमा' सञ्चालनमा ल्याएको बताए । काठमाडौँ बाहिर पहिलो पटक इटहरीमा उच्च स्तरिय प्रविधि सहित हल संचालनमा ल्याएको उनले बताए । 
 
इटहरीको मुख्य चोकमै रहेको इटहरी शपिंग मलको पाँचौ तलामा 'आइ सिनेमा' मल्टिप्लेक्स हल संचालनमा आएको हो । दुई ओटा पर्दा मार्फत संचालनमा आएको  हलमा 'टु के' प्रोजेक्टर मार्फत फिल्म देखाइनेछ । एउटा हलमा २०० र अर्कोमा १५० सिट क्षमता रहेको हल म्यानेजर शंकर मेहताले जानकारी दिए । 
 
थ्रीडी प्रविधि सहितको हलमा अंग्रेजी हिन्दी फिल्मसंगै नेपाली फिल्मलाई समेत प्राथिमिकतामा राखेर प्रदर्शन गरिने मेहताले बताए । हलमा एसी जडित हलमा आरामदायी सिट राखिएको छ भने फूड कोर्ट, गेम जोन लगायतका सुबिधा समेत उपलब्ध हुने छ ।