Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रधानमन्त्रीसामु देउसी भैलो खेल्दै अम्बरे राजा

फिल्मीखबर, काठमाण्डौ, 2014/10/24
लक्ष्मीपूजाको अवसर पारेर बिहीबार सांझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर फिल्म ‘श्री ५ अम्बरे’ युनिटले देउसी भैलो खेलेको । देउसी भैलोको संगीत तालमा प्रधानमन्त्री सुशिल कोईरालाको मुहारमा मुस्कुराहट देखिईनै रह्यो ।
 
 
 
 
निर्देशक दिपा बस्नेत, कलाकार तथा निर्माता टिएन आचार्य र दीपक आचार्य सहितको टोलीले प्रधानमन्त्री सुशिल कोइराला समक्ष देउसी भट्याउँदै तिहार र फिल्मको गीतमा नृत्य प्रस्तुत गरेको थियो । ‘करिब २० मिनेटको देउसी भैलो कार्यक्रममा प्रधानमन्त्री कोइरालसामु फिल्मको बारेमा जानकारी समेत दिईएको थियो । 
 
प्रधानमन्त्री कोइरालाले मुसुमुसु मुस्कुराउँदै निर्देशक बस्नेतको हातमा खामबन्दी गरी दक्षिणा थमाएका थिए । निर्देशक बस्नेतले प्रधानमन्त्री कोइरालालाई मायाको चिनो स्वरूप 'श्री ५ अम्बरे' लेखेको टिसर्ट दिएकी थिईन् । समाजमा आफुलाई राज ठान्ने व्यक्तिको कथा बोल्ने फिल्म भएकाले एक जना व्यक्तिलाई उक्त कार्यक्रममा राजाको स्वरूपमा प्रस्तुत गरिएको थियो ।  
 
फिल्मको प्रचारका लागि युनिटले आज गोबर्धन पूजाको दिनमा पनि विभिन्न पार्टीका शिर्ष नेता तथा संघ संस्थाका प्रतिनिधिको निवासमा समेत देउसी भैलो खेल्ने कार्यक्रम तय गरेको छ । कार्यक्रममा फिल्मका मुख्य पात्र सौगात मल्ल र केकी अधिकारीको भने उपस्थिती देखिएन । बारम्बार खबर गर्दा पनि उपस्थित नभएको निर्देशक बस्नेतले जानकारी गराईन् । अभिमन्यू निरवीको कथा/पटकथा रहेको फिल्म आउँदो मंसिर ५ गते प्रदर्शन हुनेछ । 
Most Visited News (monthly)