Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मलेसिया ट्रान्जिटमा लुटेरा बने सन्दीप

फिल्मीखबर, मलेसिया, 2014/10/23

कलाकार सन्दीप क्षेत्रीले नयाँ फिल्म 'लुटेरा'मा काम गर्ने भएका छन् । 'छ एकान छ'मा काम गरेपछि प्रशंसा कमाएका सन्दीपलाई वितरक एवं निर्माता गोपाल कायस्थले आफ्नो फिल्ममा अनुवन्धित गरेका हुन् ।


कान्तिपुर टेलिभिजनमा 'ह्वाट द फ्लप शो' चलाउँदै आएका सन्दीपलाई कायस्थले आफ्नो जन्मदिनको अवसर पारेर मलेसियामा फिल्ममा लिने मौखिक सम्झौता गरे । पत्रकारहरूलाई साक्षी राखी हङकङको २० डलर दिंदै फिल्मको मुख्य भूमिकामा लिने घोषणा कायस्थले गरेका हुन् ।

हडकडमा आयोजना भएका सातौं नेफ्टा फिल्म अवार्डबाट फर्कने क्रममा मलेसियाको विमानस्थलमा आफूलाई कायस्थले अनुवन्धित गरेपछि सन्दीपले उक्त पल जीवनकै अविश्मरणिय क्षण भएको बताए ।

फिल्ममा अनुवन्धित भएपछि सन्दीपले आफूले पाएको सम्झौता रकम कहिले पनि खर्च नगर्ने बताए । 'भोकले मर्ने अवस्था आएपनि यो रकम खर्च गर्दिन', सन्दीपले भने । यता निर्माता कायस्थले सन्दीपले अवार्ड समारोहमा देखाएको प्रस्तुतीबाट आफू प्रभावित भएको भन्दै भूमिका सुहाएपछि अनुवन्धित गरेको बताए ।

फिल्म 'लुटेरा'लाई सविर श्रेष्ठले निर्देशन गर्दैछन् । यो फिल्ममा अभिनेता निखिल उप्रेती केन्द्रिय भूमिकामा छन् । कात्तिक १६ गतेबाट छायांकनमा जान लागेको 'लुटेरा'लाई पूर्ण रूपमा कमर्शियल बनाउने निर्माता कायस्थले जानकारी दिए ।

 

Most Visited News (monthly)