Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

जीतेन्द्र नेपालमा | पहिलो भ्रमण हनिमुनको

फिल्मीखबर, काठमाण्डौ, 2014/10/12

बलिउडका चर्चित अभिनेता जीतेन्द्र कपुर नेपाल आएका छन् । व्यक्तिगत भ्रमणका लागि उनी पत्नी शोभा कपुरको साथमा नेपाल आएका हुन् ।

त्रिभुवन विमानस्थलमा २ बजे ओर्लिएका जीतेन्द्रले आफ्नो यो चौंथो पटक नेपाल भ्रमण रहेको बताए । उनले पहिलो पटक सन् १९७४ मा हनिुमन मनाउन नेपाल आएको बताए । श्रीमती शोभाको भने यो दोस्रो नेपाल भ्रमण हो । नेपालका विभिन्न मन्दिर र पोखरा घुम्ने योजना यो जोडीको छ । उनीहरु विमानस्लबाट सोझै हायात होटलमा गएका छन् ।

 

एयरपोर्टबाट निस्कदा अलग देखिएको जीतेन्द्र र शोभाको हायात होटलको यात्रा अलग भयो । जीतेन्द्र मिडियसामु पर्दा शोभा एक्लिईन् । मिडियाबाट अलग हुन खोजेकी शोभा कारमा होटल गईन् भने जीतेन्द्र होटलकै माईक्रोमा गए ।  

 

बालाजी फिल्मस्का प्रमुख जीतेन्द्रलाई नेपालमा फिल्म वितरण कम्पनी दर्शना आर्ट्सले स्वागत गरेको थियो । दर्शनाले बालाजी फिल्मस्का फिल्महरू वितरण गर्दै आएको छ ।


नेपालमा यतिबेला बलिउडका सेलिब्रेटीहरु आउने क्रम जारी छ । केही समयअघि मात्र नायक आमिर खान नेपाल आएर फर्किएका थिए । त्यसअघि बलिउड नायक अक्षय कुमार र नायिका सन्नी लियोनीले नेपालको भ्रमण गरेका थिए । बलिउडका कलाकारको नेपाल आगमनले यसको पर्यटकिय प्रचार हुने विश्वास गरिएको छ ।

तस्विर : बिनोद पोखरेल

Most Visited News (monthly)