Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 2.25/5.00)
Text size:-
+
-

इटहरीमा `आइ सिनेमा`

अर्पण ढकाल, धरान, 2014/10/12
पछिल्लो समय काठमाडौँमा मात्रै नभएर उपत्यका बाहिर समेत सुबिधा सम्पन्न मल्टिप्लेक्स हल खुल्न थालेका छन् । यसै क्रममा पूर्वाञ्चलको मुटु शहरकोरुपमा रहेको इटहरीमा समेत मल्टिप्लेक्स हल संचालनमा आउने भएको छ । 
 
इटहरीको मुख्य चोकमै खुल्न लागेको इटहरी शपिंग मलको पाचौं तलामा 'आइ सिनेमा' (इटहरी सिनेमा) नामको मल्टिप्लेक्स हल संचालनमा आउन लागेको हो । त्यसो त फिल्म बजारको लागि सम्भावनाको शहरको रुपमा रहेको इटहरीमा फिल्म हलको अभाव रहेको थियो । इटहरीका दर्शक फिल्म हेर्न धरान बिराटनगर लगायतका नजिकका हलमा जानु पर्ने बाध्यता अब 'आइ सिनेमा'को संचालनसंगै हट्ने भएको छ  
 
तिहारको अवसर परेर संचालनमा आउने हलको यतिबेला अन्तिम चरणको काम भैरहेको छ । दुई ओटा पर्दा मार्फत संचालनमा आउने हलमा 'टु के' प्रोजेक्टर मार्फत फिल्म देखाइनेछ । एउटा हलमा २०० र अर्कोमा १५० सिट क्षमता रहेको हल म्यानेजर शंकर मेहताले जानकारी दिए
। 
 
थ्रीडी प्रविधि सहितको हलमा अंग्रेजी हिन्दी फिल्मसंगै नेपाली फिल्मलाई समेत प्राथिमिकतामा राखेर प्रदर्शन गरिने मेहताले बताए । एसी जडित हलमा आरामदायी सिट राखिएको छ भने फूड कोर्ट, गेम जोन लगायतका सुबिधा समेत उपलब्ध हुने छ । 
Most Visited News (monthly)